कपिलवस्तुका गरिब परिवारलाई समृद्ध नेपालद्वारा नि:शुल्क लत्ताकपडा वितरण

Posted on: 31 Jan, 2018

माघ १७, कपिलवस्तु | अति गरिब, निमुखा, विपन्न, असहायहरूको लाागि नि:शुल्क लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नम्बर-३, सुकुम्बासी टोल मदवा गाउँमा उक्त कपडा वितरण गरिएको हो ।

जब्स ग्लोबलका संचालक चन्द्र सिङ अदैको बिशेष सहयोगमा समृद्ध नेपाल, काठमाडौँले उक्त कपडा कपिलवस्तु पठाएको थियो । उक्त कपडा करिब १ सय घरपरिवारलाई वितरण गरिएको हो । जाडोको समयमा लत्ताकपडा बिना चिसोले गर्दा कोहि पनि मानिसले ज्यान गुमाउन नपरोस र सबैलाई राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको बताइएको छ । "सेवा नै धर्म हो" भन्ने नारा सहित चिसोको याममा गरिब परिवारलाई उक्त कपडा वितरणको कार्यक्रम आयोजना गरिएको छ । 

    

कपिलवस्तुमा कपडा वितरण कार्यक्रम बिगुल बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ज्ञान बहादुर जी.सीको प्रमुख अतिथ्यितामा सम्पन्न भएको छ । कार्यक्रममा थारु पत्रकार राम अवतार चौधरी तथा वडा सदस्य झबिसरा सुनारको अतिथ्यिता, जीत बहादुर वि.सीकाको संयोजकत्व र वडा प्रहरी कार्यालय चन्द्रौटाको नायब प्रहरी निरीक्षक ऋषिराम दहालको सहजीकरण रहेको थियो ।


त्यसैगरी उक्त कपडा जिल्लाकै विभिन्न ठाउँमा नि:शुल्क वितरण कार्यक्रम भैरहँदा शिवराज न.पा ७, जवाभारी गाउँमा पनि लगभग ७० अति गरिब, निमुखा, विपन्न, असहाय घर परिवारलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष अनुप कुमार चौधरीको प्रमुख अतिथ्यिता, जवाभारी स्वास्थ्य चौकीका इन्चार्ज पूर्णिमा खनालको अतिथ्यिता, जीत बहादुर बि.सीको संयोजकत्त्व र वडा कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक ऋषिराम दहालको सहजीकरणमा सम्पन्न भएको जीत बहादुर बि.सीले जानकारी गराएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!