महत्तरीमा ट्रयाक्टरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

Posted on: 03 Feb, 2018

माघ २०, महोत्तरी । महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट एक पैदल यात्री बालकको ज्यान गएको छ । 

महोत्तरीको बलबा नगरपालिका ७ बनौटाका मोहिलाल यादवका १४ वर्षीय छोरा रञ्जित यादवको ट्रयाक्टरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति बनौटाबाट टिकुलिया जाँदै गरेको ज १ त ८४३७ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदल यात्री बालक रञ्जित गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो । 

जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लैजाँदै गर्दा शनिबार बिहान उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!