कालिकोटमा बालविवाह बिरुद्ध प्रहरीको कार्ययोजना

Posted on: 04 Feb, 2018

माघ २१, कालिकोट | जिल्लालाई बालविवाह मुक्त वनाउन जिल्लाभरीका प्रहरीहरुले अभियान संचालन गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय,प्रहरी चौकीका इन्चर्जहरुले बालविवाह मुक्त जिल्ला वनाउन संयुक्त वार्षिक कार्ययोजना वानई अभियान सञ्चालन गरेका हुन् ।

बालअधिकार संरक्षणका लागि प्रहरीको क्षमता विकास तालिमको समापन कार्यक्रममा बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि बार्षिककार्ययोजना २०७४÷०७५ तयार पारिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर निरज चौलागाईले जानकारी गराएका छन् । जिल्लामा बालविवाह जस्तो सामाजिक अपराध वढ्दै गएकाले यसको अन्त्य गर्नका लागि प्रहरीलेनै अभियान सञ्चालन गर्नुप परेको उनको भनाइ रहेको छ ।


अभियानका क्रममा बालबालिका सम्वन्धि काम गर्ने सरकारी तथा गैरसरकारी निकाय र स्थानीय तहबीच त्रैमासिक समिक्षा बैठक वस्ने, विद्यालयस्तरमा बालविवाह सम्वन्धि कानुनी प्रावधान र बालविवाहका असरहरुका वारेमा सचेतना कार्यक्रम गर्ने, बालविवाह बढि हुने वस्तीहरुमा घरदैलो अभियान तथा अन्र्त्क्रिया कार्यक्रम सञ्चालन गर्ने, बालविवाह हुने वा हुन सक्ने वस्ती तथा टोलमा बालविवाह हुन नदिनका लागि निगरानी गर्ने कार्यक्रम रहेका छन् ।

सेभद चिल्डे«नको साझेदारीमा किर्डाक नेपाल कालिकोटको आयोजनामा सञ्चालित वालअधिकार तालिममा जिल्लामा वाल हिंसा,वाल यौन दुव्र्यवहार,वालविवाहका वारेमा प्रहरी र सहजकर्ताबीच छलफल भएको सेभ द चिल्डे«नका अधिकृत वाले विश्वकर्माले वताए । उनका अनुसार कालिकोट जिल्लाका १२ गाविसको सर्वेक्षणमा सन २०१७ भरी ४१ प्रतिशत वालविवाह भएको पाइएको छ । कार्यक्रममा निमत्त जिल्ला प्रहरी प्रमुख चौलागाईले वालविवाह अन्त्यका लागि वानाईएको कार्ययोजना आफ्नो कार्यक्षेत्रमा तत्कल कार्यन्वयन गर्न मातहतका युनिटलाई निर्देशन दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!