तस्बिरमा हेर्नुहोस खोटाङको भिषण असिना पानी

Posted on: 14 Feb, 2018

चिसाङ शेर्पा/फागुन २, खोटाङ । खोटाङमा असिनासहित पानी परेको छ । असिनासँगै करीब दुई घण्टा परेको पानीले जिल्लाबासीहरु हर्षित बनेका छन् । 


माघ महिना सकिए पनि पानि नपरेकोमा किसानहरु चिन्तीत बनेका थिए । पानी परेसँगै कृषिबाली गर्नलाई कृषकहरु हौसिएका छन् ।

पानि परेपछी सुख्खा जमिनहरुमा अब सहजै खनजोत गर्न सकिने किसानहरुले बताएका छन् । सदरमुकाम दिक्तेलबजारमा एकमिटर असिना जमेको थियो । जिल्लाको माथिल्लो भेगहरुमा हिउँ परेको छ ।


ट्याम्के, रुपाकोट, टोड्केमा हिउँ परेको स्थानियहरुले जानकारी दिएको छ । बुइपास्थित सार्कीटार खेलमैदान असिनाले सेताम्मे बनेको नुनथलाका स्थानिय दोर्जे शेर्पाले बताए । शेर्पाका अनुसार नुनथलाका तल्लो भेगमा हल्का बर्षा भएको छ ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रका केही भागमा पानि नपरेको त्यहाँका स्थानियले बताएका छन् । पानी परेसँगै लगाईएका हिउँदे बालीहरुलाई राहत पुगेको छ । लेकाली भेगमा रोपेको आलु, मकैको बिउ उम्रनेमा किसानहरु ढुक्क भएका छन् ।



 


यस बिषयमा तपाइको प्रतिक्रिया...!