मानव वेचबिखन रोकथामका लागि स्थानीय समितिद्वारा सिमा गस्ती

Posted on: 24 Feb, 2018

विमल धामी/फागुन १२, कञ्चनपुर । कञ्चपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मानव वेचबिखन ओसार पसार विरुद्धको स्थानीय समितिले मानव बेचविखनमा कमी ल्याउन सिमा गस्ती गर्न थालेको छ ।


कञ्चनपुरको दक्षिणी क्षेत्र भारत संग जोडिएको खुल्ला सिमाना भएका कारण मानव तस्करले जतिवेला पनि यी नाका प्रयोग गर्न सक्ने भन्दै बेल्डाँडीको एरियामा पर्ने अफ्ना खुल्ला नाकाहरुमा स्थानीय समितिले माईती नेपाल कञ्चनपुर र प्रहरीको सहयोगमा गस्ती गर्न थालेको हो ।

मानव बेचविखन ओसार पसार नियन्त्रण स्थानीय समितिका अध्यक्ष धन बहादुर थापाको अगुवाईमा सिमा गस्ती गरिन थालेको महिला बिकास बेल्डाँडी शाखाका संयोजक कमला जोशीले जानकारी गराउनु भयो । बेल्डाँडी गाउँपालिका लाई छोएको सिमानामा २७ देखी ३२ नं. पिल्लर रहेको झिलमिला प्रहरी चौकी ईन्चार्ज जय सिह भण्डारीले जानकारी गराउनु भयो ।

वहाँका अनुसार ‘बेल्डाँडी गाउँपालिका खुल्ला नाका भएकाले यहाँका अधिकांस नागरिक दैनिक मजदुरी गर्न २०० को हारारहरीमा  भारत जाने गरेको बताए ।’ भारत बाट पनि नेपालमा दैनिकी उपभोग्य सामान बेच्न नेपाल आउनेको डाटाहरु आफुले राख्ने गरेको जनाउनु भयो । उनले भने उनीहरुको डाटा राख्नाले पनि उनीहरुले बदमासी गर्न नसक्ने बताउनु भयो । 


नेपालमा बेरोजीका कारण दैनिकी गुजारा गर्न सिमा पार जानु पर्ने सिमामा बस्ने स्थानीयको भनाई रहेको छ । सरकारले आफुहरुका लागि आयमुलक केही कार्यक्रम ल्याए सिमा पार नजानु पर्ने वहाँहरुको बझाई रहेको छ ।

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने सिमा क्षेत्रका नागरिकहरुका लागि नयाँ बजेटमा धेरै भन्दा धेरै आय मुलक कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने बताउनु भयो । दैनिकी गुजारा गर्न सिमा पार जानेहरुको संख्या घटाउने बताउनु भयो । दैनिकी मजदुरी गर्न जाने तर कुनै दिन फर्केर नआउने जस्ता समस्या यहाँ देखिदै आएको बताए । यस्तो सिमामा हुने गस्तीले स्थानीयमा खुसी छाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!