सुआहाराको चारबर्षे कार्यक्रम सकियो, तथ्यांक संकलन भएनन्

Posted on: 16 Mar, 2016

चैत ३,संखुवासभा । सुआहारा नामक गैर–सरकारी संस्थाले संखुवासभामा पोषणको कार्यक्रम गर्न भनेर साढे ६ करोड रुपैया खर्चिएको छ । तर, कार्यक्रम सम्पन्न भइसक्दा पनि लक्षित बर्गको भने तथ्यांक नै संकलन गर्न सकेको छैन ।

सन २०१२ देखि २०१६ सम्म उसले यो जिल्लामा ६ करोड ५९ लाख ९६ हजार ३ सय ५४ रुपैया“ खर्चिएको जनाएको छ । सदरमुकाम खा“दबारीमा सुआहाराले मंगलबार गरेको पोषणको अनुभव आदान प्रदान कार्यक्रममा संयोजक सुरजकुमार शर्माले जिल्ला स्तरिय अनुगमनका सर्वेक्षणका नजिता प्रस्तुत गरे । उनले प्रस्तुत गरेको सर्वेक्षणमा चार बर्ष अघि कुपोषण भएका बालबालिका संस्या र कार्यक्रम सम्पन्न हु“दा कति घटे भन्ने उल्लेख गरिएको छैन ।

४ बर्षमा पनि कुपोषित बालबालिकाको तथ्यांक संकलन गर्न नसक्नु लाजमर्दो भएको सहभागिहरुले प्रतिक्रिया दिए । कार्यक्रममा लक्षित बर्ग भन्दा पनि सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र केही नागरिकसमाजका अगुवाहरुलाई सहभागि गराइएको थियो । बहुक्षेत्रीय पोषण योजना, एकिकृत पोषण कार्यक्रमका प्रगतिका बिषयमा तथ्यांक प्रस्तुत गरिएको थियो । पोषणको क्षेत्रमा ४ बर्ष अघि सदरमुकाममा कार्यालय खोलेर बसेको सुआहारासंग कुपोषित बालबालिका संखुवासभामा कति छन् भन्ने जानकारी नहु“नु गैरजिम्मेवारी भएको सहभागि कांग्रेस सचिव डम्बर बस्नेतले बताए ।

यो कार्यक्रम अन्तगत सुआहाराले संखुवासभामा बार्षिक २ करोडबढी रकम खर्चिदै आएको थियो । सुआहाराले पोषणको क्षेत्रमा काम गर्ने भनेर रकममात्रै खर्च गरेको बाल संजालका अध्यक्ष खेवाहाङ राईले बताए । बालबालिकामा भएको कुपोषण हटाउने र हजार दिनका आमाहरुलाई पोषणका बिषयमा जानकारी गराउने उदेश्यका साथ यो संस्था खुल्यो भन्दा हामी खुसी थियौ, उनले भने, कार्यक्रम सम्पन्न हु“दासम्म तथ्यांक संकलन भएन छ ।

महिला स्वयमसेबीका जिल्ला अध्यक्ष सीता दाहाल भन्छिन्, गाउ“गाउ“मा भएका हाम्रो स्वयमसेबीकासंग समेत सहकार्य नगरी आफू खुसी काम गरियो । यस अघि पनि सुआहाराको बिषयमा टिकाटिप्पणी हुनथालेपछि जिल्लाका क्रियासिल संचारकर्मीहरुले तथ्यांक सार्वजनिक गर्न माग गर्दे आएका थिए । समस्या पर्ने र अप्ठेरो कामका लागि महिला स्वयमसेवीकाहरुलाई प्रयोग गर्ने गरेको अध्यक्ष दाहालले गुनासो गरिन् ।

४ बर्षसम्म जिल्लाका २५ गाविस र खा“दबारी, चैनपुर र मादी नगरपालिकामा काम गरेपनि अहिले कुपोषित बालबालिका कति यकिन गर्न नसक्नु खासै उपलव्धी पूर्ण भएन । संयोजक शर्माले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कागजी रिपोर्टमा सरकारी तथ्यांक मात्रै देखाइएको थियो । तालिम गोष्ठी गरेरमात्रै सुआहाराले रकम सकेको पायौ, लिम्बुवान पाटी नेपालका सचिव राजकुमार थक्लुङले भने, यसको उपलव्धी पाएनौ । जनचेतना फैलाउन नसक्दा सुआहाराले हजार दिनका आमाहरुलाई बितरण गरेको कुखुरा समेत मरिसकेको स्थानीयले बताए । उसले यो जिल्लामा ३६ हजार कुखुरा वितरण गरेको थियो । कागजी रुपमा भने जिल्ला, क्षेत्र र केन्द्रसम्म यो कार्यक्रम सफल भएको रिपोर्ट तयार गरिएको छ ।

मंगलबार आयोजित कार्यक्रममा पनि उसले तथ्यांकको सट्टा बार्षिक बजेट र तालिम गोष्ठीकोमात्रै कार्यक्रम प्रस्तुत गरिएको छ । करिब ३ सय ५० आमा समुह गठन गरेर सुआहाराले बीउबीजन बितरण, हातधुने कार्यक्रमको छलफल, पोषणका बिषयमा जनचेतना दि“दै आएको थियो । ठोस नीति नभएकाले कार्यक्रमले सफलता नपाएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुबेदीले बताए ।

४ बर्षे कार्यक्रम सम्पन्न भइसदा पनि कुपोषितको तथ्यांक सार्वजनिक नहु“नुमा कमजोरी देखिएको बताए । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले समन्वय अभाबका कारण समस्या आएको बताए । गैरसरकारी संस्था र सरकारी कार्यालयले एकै स्थानमा एकै प्रकारका काम गर्ने भएकाले अन्यौल हुने गरेको उनले बताए ।

तालिम गोष्ठीमा रकम सक्नु भन्दा पनि लक्षित समुदायसम्म कार्यक्रम पुग्नु पर्छ, उनले भने, प्रोजेक्ट सम्पन्न हु“दा पनि तथ्यांक नहु“नु लापरबाही नै देखियो । सुआहारा कार्यक्रम यसै चैत महिनामा सकिदै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!