महोत्तरीमा कुहिएको अवस्थामा वृद्धको शव फेला

Posted on: 06 Mar, 2018

फागुन २२, महोत्तरी | गौशालामा एका वृद्धको शव कुहिएको अवस्थामा आज फेला परेको छ । 

गौशाला नगरपालिका– १२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो । 

उखु काट्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि बेपता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!