गएराति प्रहरीद्वारा ‘स्विप अपरेशन’, ३६ जना पक्राउ

Posted on: 11 Mar, 2018

फागुन २७, काठमाडौँ (रासस) | महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । 

प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो । 

प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “हामी अनुसन्धान गर्छौं, अनुसन्धानमा गल्ती देखिए मुद्दा चलाउँछौँ,” उहाँले भन्नुभयो ।  

फाइल तश्विर

यस बिषयमा तपाइको प्रतिक्रिया...!