महोत्तरीमा ब्याकलोडर मेसिनले ठक्कर दिँदा एकको मृत्यु

Posted on: 14 Mar, 2018

फागुन ३०, बर्दिवास (रासस) | महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१ मा ब्याकलोडर मेसिनको ठक्करले घाइते भएका करिब ७० वर्षीय एकजना बेवारिसे वृद्धको मृत्यु भएको छ । 

मङ्गलबार बर्दिवास–१ सिन्धुलीरोडमा ना१क ७१९० नंको ब्याकलोडरले ठक्कर दिँदा घाइते भएका वृद्धको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले आज जनाएको हो । 

ब्याकलोडरको ठक्करले घाइते भएका वृद्धलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा अवस्था गम्भीर देखिएपछि तत्काल उपचारका लागि सिन्धुली अस्पताल राखिएको थियो । सिन्धुली अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले आज साँझ पत्रकारलाई जानकारी गराउनुभएको हो । 

वृद्धलाई ठक्कर दिने ब्याकलोडर मेसिन (गाडी) र चालक नियन्त्रणमा राखिएको प्रनि थापाले बताउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!