सिराहामा आगलागीबाट ३ लाख बराबरको क्षति

Posted on: 27 Mar, 2018

चैत १३, लहान | सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको छ । 

बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उहाँका दुई घर, घरमा रहेको रु २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएकाले थप दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!