आफ्नै सहोदर दाजुले गिद्धले सिनो लुछेझै लुछ्यो- वहिनीको अस्मिता

Posted on: 28 Mar, 2018

 प्रेम सुनार | चैत १४, गुल्मी |  यो दुनियामा अझै पनि कतिपय मानवरुपी दानवहरु रहेका छन्  । तिनै  कलंकित दानवहरुका कर्तुत फर्दाफास गदै आएका छौं । तर आज प्रस्तुत गर्न सुरु गरिएको त्यस्तै एउटा मानवरुपी दानवको कुर्तत भने   सुनाउन पनि हामीलाई अफ्ठ्यारो लागेको छ ।

 यद्यपी हरेक विषयको भण्डारफोर गर्दै समाजमा चेतना र जागरण छर्ने हाम्रो अभियानमा आज हामी यस्तो एउटा लज्जास्पद  विषय पनि पस्कीन बाध्य भएका छौं । यदि  जुन कुनै मानिसमा मानवता छ भने कोही कसैले कल्पना गर्न सक्ला ?  आफ्नै सहोदर वहिनी संग यौन सम्वन्ध राख्ने कुचेष्टा   ? यो कल्पना कोही कसै दाजुले गर्न सकिदैन् ।

यदि त्यस्तो कल्पना गर्छ पनि त्यो दानव, वा पशु त्यसमा पनि सुँगुर हो  ।  त्यस्तै एउटा मानव रुपी सुंगुरले सुन्दै जिव्रो टोक्नु पर्ने  कुकर्म गरेको  छ  त्यो हो  श्रद्धा र स्नेहकी खानी आफ्नी प्यारी  वहिनीलाई वलात्कार ।


आज बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत उनै अभागी वहिनीले त्यस दाजु रुपी राक्षसले आफुलाई वलात्कार गरेको मुद्धा दायर गरेकी छन् ।  यहि चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको समयमा गुल्मी कै धुर्कोट गाउँपालिका वडा नम्वर ५ , वस्तु स्थित घरमा वसेकी १६ वर्षिया वहिनीलाई माईलो दाजुले घरमै वलात्कार गरेको ति वहिनीले बताईन् ।

प्रहरीले  उनिहरु एउटै वावु आमाका सहोदर दाजु वहिनी भएकोले ति किशोरी समेतको हुलिया खुल्ने भएकोले त्यस वहिनी वलात्कारीको नाम समेत गोप्य राखेको छ ।  २८ वर्षिय नरपिचास त्यस दाजु गत १५  वर्ष देखि गुल्मी मै डोजर अपरेटरको काम गर्दै आएको थियो ।

वहिनीका अनुसार  उनि  माथी त्यस अघि पनि उसले दुई पटक वलात्कारको प्रयास गरेको थियो । अस्लील अंगहरु सुमसुमाउने देखि धेरै पटक  जिस्काउने गरेको थियो । दुई पटक त वलात्कारको प्रयास गरेको थियो उनि  भागेर वचेकी थिईन  । तर चैत्र १२ गते दिउँसो वच्न सकिन्न ।

उसको  राक्षसी आत्माशान्तिको पहिलो प्रयासमा उनले कुईनोले हानिन  र उसको गिद्ध नङ्गााबाट खुस्केर भाग्दै भित्र गईन , फेरी ढाल्ने कोशिस ग¥यो  । उनि घोप्टो परेर आफ्नो अस्मीता रक्षाको लाखौं प्रयास गरिन । त्यही घोप्टो परेको  वेलामा उसले पछाडी हुँदै गिद्धले सिनो लुछे झै वहिनीको अस्मीता लुछ्यो ।

यति वेला निज  दाजु रुपी गिद्धलाई प्रहरीले पक्राउ  गरी हिरासतमा लिएको छ ।  निजलाई आजै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

हामी जिल्ला प्रहरी कार्यालयमा पुग्दा वलात्कृत ति किशोरी कारुणीक अवस्थामा थिईन । ओठ मुख सुकेको थियो । तम्घासको सुविधा सम्पन्न एक वोर्डिङ्गमा स्कुलमा कक्षा ९ मा पढ्ने उनि केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

उनले गला अवरुद्ध पार्दै आफ्नै दाजुबाट लुटिएको पिडा यसरी सुनाईन–‘एउटै आमाको एउटै दुधको लाम्टा चुसेर हुर्केका हौं ।  त्यस्तो कल्पना समेत कुनै  वहिनी र दाजुले गर्न सक्दैनन । जुन कल्पना भन्दा वाहिरको कुरा ग¥यो मेरो माईलो दाजुले ।  म एउटी शिक्षित र सजग केटीका नाताले सहेर बस्न सकिन र मेरो ठुलो दाजुको सहयोगमा जाहेरी दिन आएको छु ।

मेरो यस घटनाले अव कोही कसैमा विश्वास भन्ने कुरा रहेन ।  विश्वास छ भने आफैमा निहित छ अव अरु कसै कसैमा रहेन भन्ने महुस गरेकी छु  उनले दोहराउँदै यस्तो कुरा बताईन ।

प्रहरी कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले पनि उनलाई निकै ‘अवेर्डनेस’ युवती रहेको बताए ।  उनले निन्नाउरो अनुहार लगाउँदै थपिन–‘ निकै सुन्दर भविस्यको कामना गरेकी थिएँ , धेरै पढेर के के न गरुला भनेकी थिएँ तर आफ्नै दाजुले अस्मीता मात्र होईन मेरो भविस्य समेत खोस्यो ् ।

 उनको स्वास्थ्य अवस्थाका वारेमा जिल्ला अस्पतालको सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी संग सम्पर्क राख्दा उनि स्वास्थ्य उपचारका क्राममा दुई चोटी बोहोस भएको बताए । उनको स्तनमा समेत दाँतले टोकेको निला डामहरु थिए । थप परिक्षणका लागि कामाण्डौ पठाईएको उनले जानकारी गराए  । 

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो  यस्तो लज्जीत घटना पहिलो भएको बताउँ छन् ।

दाजु रुपी राक्षस प्रहरी कस्टडीको झ्यालबाट पिर्लिपर्लि वाहिर चिहाउन खोज्छ । उसलाई अझै पनि वाहिर संसारमा अनुहार देखाउन लाज लागेको छैन् । लाज शरम पचेको त्यस दानव  नरपिचासलाई के थाह कुन वहिनी कुन दिदी र आमा भन्ने कुरा ।

यस्ता नरपिचासलाई कडा भन्दा कडा कार्वाही हुनु पर्ने सर्वत्रले माग गरेका छन् । गुल्मीमा सहोदर दाजुले वहिनी वलात्कार गरेको यो सम्भवतः पहिलो घटना हो । उनि त्यस घरकी कान्छि छोरी हुन् । वलात्कार घटनामा कतिपय पुरुषहरु बचाउको प्रयासका लागि निकै ढाँट छल गर्ने गरेका छन । केहि वर्ष अघि एक जना वलात्कार अभियोगीले धेरै दिन सम्म ढाँट्यो । लाष्टमा भन्यो - 'गर्न त गरेको हुँ तर ढाल लगाएर ।'  

यस बिषयमा तपाइको प्रतिक्रिया...!