कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजकमा पुन मिलन ढकाल

Posted on: 31 Mar, 2018

कमल सुबेदी  |चैत्र १७ ,पोखरा | कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको दोस्रो भेलाले पुन संयोजकमा  पोखरा रोयल सहकारीका मुख्य प्रबन्धक  मिलन ढकालको संयोजकत्वमा ११ सदस्यीय कार्य समिती चयन गरेको छ ।  क्लबको सदस्यमा डाफे सहकारीका कमल मोहन आर्चाय ,सहयात्री सहकारीका पशुपति अधिकारी ,गौरीशंकर सहकारीका डम्बरसिंह बस्नेत ,दर्पण सहकारीका बोधराज रेग्मी ,सरल नमुना सहकारीका कमल सुबेदी ,क्षेत्रशक्ति सहकारीका सरोज कुबर,नयन सहकारीका सन्तोष त्रिपाठी,पिपल्स सहकारीका हरि प्रसाद पन्थी ,प्राइम   सहकारीकी निरु थापा,अग्रसर सहकारीकी साबित्री पौडेल चयन भएका हुन् । दोस्रो भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ प्रबन्धक भोजराज घिमिरेले क्लबले म्यानेजरहरुको क्षमता अभिबृद्धी गर्न  पु¥याएको कामको प्रशंसा गर्दै अझ ससक्त भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । 

 निर्बाचित क्लबका अध्यक्ष मिलन ढकालले म्यानेजर्स क्लब बिशुद्ध सहकारीमा काम गर्ने ब्यबस्थापकको क्षमता अभिबृद्धी गरि सहकारी सस्थाको गुणात्मक बिकाश गर्ने उदेश्यले स्थापित भएको बताउदै आगामी दिनमा क्लबलाइ प्रभाबकारी ढंगले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमा जिल्ला सहकारी संघ कास्कीकी संचालक अम्भिका कुबर ,राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख केदार नाथ उप्रेती लगाएतले बोलेका थिए ।







यस बिषयमा तपाइको प्रतिक्रिया...!