दुर्घटनामा वालवाल बचेका राजेशपायल राईले गुल्मीमा धमका मच्चाए

Posted on: 07 Apr, 2018

प्रेम सुनार | चैत २४, गुल्मी | हिजो राजधानीबाट गुल्मी आउने क्रममा विपरित  दिशाबाट  तिव्रगतिमा आउँदै गरेको ट्याक्सी संग राजेशपायल राईको कार ठोक्कीदा उनि वाववाल बचे पनि ट्याक्सीमा सवार ७ जना घाईते भएका थिए । 

ठक्करबाट सामान्य असरमा परेका गायक राईले  मेरो ईस्वर र दर्शक श्रोतको मायाँले बच्न सफल भएको भन्दै आज तेश्रो गुल्मी महोत्सवको नवौं दिन यस अघिको भन्दा कैयौ गुना वेजोड प्रस्तुती पस्केर हजारौं दर्शको ध्यान आफुतिर तान्न सफल भएका छन् ।  

हिजो उनि दुर्घटनामा परेका  खवरले उनका फ्यानहरुमा सनसनी फैलिएको थियो ।  हिजो साँझ देखि अहिले दिउँसो उनि स्टेजमा नआउने बेलासम्म दर्शक उनकै चिन्ता र वेहत प्रतिक्षामा थिए । जव स्टेजमा उनलाई आमन्त्रण गरियो तव हजारौं दर्शकले राजेश .... राजेश ... राजेश भन्दै एकै स्वरमा कोलाहल मच्चउँदै  हुटिङ्ग गरेर उनको स्वागत गरी रहेका थिए । 


उनले निकै लामो समय दर्शकलाई दिएका थिए । हिजो कस्सै मरिएन,  गाडी फुटेको छ , बाँचेको ज्यान  तपाईहरुलाई भन्दै दिउँसो देखि साँझ अवरे सम्म उनले हजारौं दर्शकलाई  कतै जान दिएनन् । त्यस अघि गायक राजु ढकाल , रामचन्द्र चन्द  लगायतले पनि मनोरञ्जन दिएका थिए । आज सातौं दिन शनिवार परेकोले होला सदाको भन्दा दर्शकहरु  दोव्वर बढि थिए ।  आज नवौ  दिनको प्रमुख अतिथी प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!