गुल्मी महोत्सवः आर्थिकसहित विविध विश्लेषण

Posted on: 10 Apr, 2018

प्रेम सुनार/चैत्र–२७ गुल्मी। तेश्रो गुल्मी महोत्सवको आयोजक संस्था  गुल्मी उद्योग बाणिज्य संघले महोत्सवबाट अपेक्षित सफलता हाता पारको  दावी गरे  पनि व्यापारिक दृष्टीकोणले हेर्दा जिल्लाबाट ८० प्रतिशत रकम वाहिर गएको आँकलन गर्न थालिएको छ ।


कलकारले मात्रै १५ लाख भन्दा बढि रकम लगेको आँकलन गर्दछन्  महोत्सव मुल समारोह समिति, आर्थिक विभाग प्रमुख अनुपकुमार श्रेष्ठ । रमाईलो मेला तर्फ सरदर दैनिक २ लाख ५० हजारको व्यापार हुने गरेको र आयोजक संस्थालाई १४ लाख भाडा दिएको स्टल विभाग संयोजकक तथा वाणिज्य संघका सचिव विरेन्द्र भुसाल बताउँ छन् ।

उनको आँकलनलाई मध्ये नजर गर्ने हो भने १४ लाखको दोब्बर रकम  जिल्ला बारिह गएको अनुमान गर्न सकिन्छ । २ सय ९० वटा स्टल मध्ये कृषि र  स्थानिय अन्य उत्पादन बाहेक अधिकांस स्टलहरु  जिल्ला बाहिरका थिए ।

करिव ६ करोडको कारोवार भएको प्रारिम्भक आंकलन गर्दछन् महोत्सव मुल समारोह समितिका संयोजक तथा वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे । कलाकार , रमाईलो मेला र उक्त रकम बरावरको व्यापारबाट करिव ८० प्रतिशत रकम जिल्ला वाहिर गएको अनुमान गर्दछन् नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल । 

आज विहानको भेटमा उनको आंकलनलाई समर्थन जनाए वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले ।  प्रचार प्रसारमा ४ लाख ३० हजार अनुमानित वजेट छुट्टार्ईएको थियो प्रचार प्रसार विभाग प्रमुख श्रीप्रसाल भलामी भन्छन् , आंकलन त्यति भए पनि एकिन खर्च विवरण छुट्टाउन भने बाँकी छ ।

आज विहानै देखि खर्च–आम्दानीको विवरण तयार पार्न व्यस्त छन आर्थिक विभाग प्रमुख ईस्वरीप्रसाद पौड्याल । उनि भन्दै थिए खर्च विवरण अवको एक दुई घण्टमा तयार पार्नमा व्यस्त छु एकिन भन्न त सक्दिँन तर मोटामाटी खर्च कटाएर २० देखि २२ लाखको सेरोफेरोमा मुनाफा हुने आँकलन गर्न सकिन्छ ।

स्थानिय कला संस्कृति तथा टिकट व्यवस्थापन समितिका प्रमुख रामप्रसाद पन्थीका अनुसार करिव ६३ हजार टिकट विक्रि भएकोमा ५५ हजार गुल्मेली र बाँकी वाहिरी जिल्लाका मानिसहरुले अवलोकन गरे ।

उनि भन्छन आर्थिक  रुपले मुनाफा भन्दा पनि हामीले जिल्लाको कृषि पर्यटन र कला सस्कृतिको प्रचार प्रसार नै महोत्सवको फाईदा ठानेका छौं । प्रचार प्रसार विभाग प्रमुख भलामी पनि मिडिया मार्फत दैनिक रुपमा गुल्मीलाई संसारभर चिनाउन र यहाँको  उत्पादन, कला संस्कृति चिनाउन पाउनु नै महोत्सवको मुख्य महत्व रहेको बताउँ छन् ।

सरोकारवालाकै शव्दमा समग्रमा प्रत्येक गुल्मेलीले सरदर दैनिक एक हजार रुपैयाँका दरले किनमेल र मनोरञ्जनमा खर्चेर गुल्मीलाई चिनाएका छौं । यहाँको उत्पादन, कृषि र पर्यटन विकासको सम्भावनालाई राज्यको माथील्लो निकाय सम्म पुराएका छौं ।

देशका विभिन्न जिल्लाबाट व्यापारका लागि आएका मानिसहरुबाट अव हामी पनि वाहिरी जिल्लामा हुने महोत्सवमा व्यापार गर्न जानु पर्दछ भन्ने कुरामा प्रोत्साहित गरेका छौं ।

जिल्लाको पर्यटकिय क्षेत्र, सवै जातजातिको मौलिक कला संस्कृतिको  पनि यस अवसरमा ब्यापक प्रचार भएको छ । यस कार्यमा वाणिज्य संघका सवे सदस्य अहोरात्र खटे । सकरात्मक कोणबाट विश्लेषण गर्नु पर्दा आयोजक संस्थाका सकल परिवार निहित स्वार्थ भन्दा माथी उठेर झण्डै एक महिना देखि वेलामा खान–सुत्न  नपाएर खटे , उनिहरु सवै धन्यवादका पात्र हुन् ।

पुरुष बाहिरिएको आभाष पनि दिलाएका छौं

महोत्सवको जमघटले जिल्लाबाट पुरुषहरुको संख्या बाहिरिदै गएको स्पष्ट चित्र पनि उजागार भएको थियो ।

दैनिक रुपमा महिला दर्शकको संख्या करिव ८० प्रतिशत देखिन्थ्यो । कलाकार संगै झुम्ने र आक्रमक ढंगले हुटिङ्ग गर्ने बढि मात्रमा महिलाहरु थिए । यसबाट के बुझ्न सकिन्छ भने  पुरुष बाहिरिए संगै महिलाहरुमा ‘रंग–रस’ मन बुझाउने साथी बनेको छ ।

कतिपय  महिलाहरु पुरुष कलाकारलाई  सांकेतिक चुम्वन दिएको , कलाकार दर्शक दिर्घमा आउँदा समाउन खोजेको  र मादक मुद्रमा एकनासले उसको चेहेरामा हेरेको दृश्य पनि देखियो ।

त्यसो त महिला कलाकारको प्रस्तुतीमा पुरुष दर्शक मनको लड्डु घिउँ संग भने झै चेहरा हेरेर थुक निलि रहेका थिए । पुरुष दर्शकका लागि महिला कलाकार प्रिती आले ,मञ्जु पौड्याल, शोभा त्रिपाठी, सरिता कार्की , सम्झना भण्डारी, सम्झना लामिछाने,  र शान्तिश्री परियार आकर्षणको केन्द्र बने ।

चर्चामा प्रित आले भए पनि संगै नाँच्दा शोभा त्रिपाठीको शैन्दर्यका सामु पिती आले फिका देखिन्थीन । महिला कलाकारका लागि राजेश पायल राई , कमल खत्री  , रामजी खाँड,  प्रमोद खरेल , रमेशराज भट्टराई ,  हेमन्त शर्मा,  राजु ढकाल र बद्रि पंगेनी, खुमन अधिकारी बढि आकर्षणको केन्द्र बनेको पाईन्थ्यो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!