यातायात सिण्डिकेट खारेजी आन्दोलनको प्रभाव कर्णालीमा नपर्ने

Posted on: 18 Apr, 2018

सुर्खेत, ५ बैशाख । यातायात क्षेत्रको सिण्डिकेटविरुद्ध सरकार कडारूपमा प्रस्तुत भएको भन्दै यातायात समितिले आन्दोलन घोषणा गरेका छन् । तर सुर्खेतमा सञ्चालनरत मध्यपश्चिम र काँक्रेविहार यातायात व्यवसायी समिति बाहेक अन्य यातायात व्यवसायीहरु आन्दोलनमा सरिक नहुने बताए पछि आन्दोलनको प्रभाव नपर्ने देखिएको हो ।

कर्णाली प्रदेशमा भने सिण्डिकेटविरुद्धको आन्दोलनले प्रवाभ नपर्ने संकेत देखिएको छ भने थोत्रा सवारीमा अत्यधिक भाडा तिरेर चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेमा यात्रुहरु समेत आशावादी बनेका छन् । देउती यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनीले सरकारले ल्याएको नीति व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । आफूहरुले राज्यलाई कर तिरेर कम्पनीअनुसार दर्ता भएको भन्दै उनले राज्यले निर्माण गरेको सडकमा कसैको सिण्डिकेट मान्य नहुने बताए ।

जुनीले सुर्खेतमा अन्य व्यवसायीहरूले यातायात बन्द गरे पनि देउती यातायातले सेवा प्रवाह गर्न नछाड्ने प्रतिबद्धता जनाए । उनका अनुसार सुर्खेतबाट कर्णाली प्रदेश र अन्य जिल्लाका लागि देउती, नमस्ते, बुलबुले र रारा छाँयानाथ यातायात प्रालिले नियमित सवारी सञ्चालनको अनुमति पाएका छन् ।

यसकारण सिण्डिकेटविद्धको आन्दोलन निष्प्रभावी हुने संकेत देखिएको हो । उता काँक्रेविहार यातायात व्यवसायी समिति र मध्यपश्चिम बस व्यवसायी संघले भने केन्द्रले दिएको निर्देशन गरे बमोजिम आन्दोलन गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!