अन्तर्राष्ट्रिय विमानस्थलमा उडान शुरु

Posted on: 20 Apr, 2018

वैशाख ७ काठमाडौँ | मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । 

हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिनुभयो । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान शुरु भएको हो । 

मालिन्दो एयरको जहाज मलेसिया उडान भर्ने क्रममा बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गबाट अनियन्त्रित भएर करिव ४० मिटरसम्म कोटेश्वरखण्डको घाँसे मैदानमा पुगेकाले सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो । 

अन्तर्राट्रिय उडान शुरु भएसँगै पहिलो प्राथमिकता हिजो राति अन्यत्र मोडिएका विमानलाई अवतरण गराइने विमानस्थलले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!