दलितको घरमा पस्ने कांग्रेसले दलितलाई पनि आफ्नो पस्न देलान ?

Posted on: 02 May, 2018

प्रेम सुनार | वैशाख १९, गुल्मी | यति वेला  गुल्मी कांग्रेसको ५० दिने महाअभियानले निकै चर्चा पाएको छ ।  विशेष गरी केहि वर्ष अघि सम्म दलित भने पछि टाउँको मर्काउने , नाक खुम्चाउने र दलितलाई छुँदा सुनपानी छर्किने कट्टर व्राम्ण समुदाका कांग्रेस कार्यकताहरु दलितको घरमा वसेर उनिहरु संगै पकाउने खाने, काम गरी दिने भुल्लाभुल्ली जे छ त्यस्तैमा सुत्ने कुराले निकै चर्चा परिचर्चा पाएको छ ।

एकथरी विपक्षीहरु यसलाई नाटक मञ्चन भनेर आलोचना गरी रहेका छन् भने स्वतन्त्र ब्यक्तिहरुले राम्रो कामको सुरुवात भनेर प्रशंसा पनि गरी रहेका छन् । सात साल अघि देखि नेपालमा जमेको पुरानो पार्टी कांग्रेसले अहिले सम्म के हे¥यो ? वल्ला अहिले आएर दलित संग अपनत्वको आवश्यकता कसरी देख्यो ? भनेर आलोचना गर्नेहरुलाई सुरु मै यस अभियानका मुख्य अभियान्त कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले जवाफ दिई सकेका छन् ।

उनले अभियान सुरु गर्नुको अघिल्लो दिन अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वीकार गरेकै थिएकी  कांग्रेसजन दलित र गरिव विपन्न वर्ग संग केहि टाढिएकै महशुस गरेर उनिहरु संग अपनत्व बढाउन यस्तो अभियान सुरु गरेका हौं ।

धेरै पछि आएर यस्तो अभियान गुल्मी कांग्रेसबाट ल्याएकोमा देशभरकै कांग्रेसका लागि यो सिको गर्न अवश्यक देखिन्छ ।  कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्दै भनेका थिए यो महाअभियान देशैभरकै कांग्रेसका लागि भिटामिन सहितको ट्यावलेट र सुई हो ।

दलितको घरमा प्रवेश अभियानलाई नकरात्मक ठान्नु विपक्षीले गरेका  जति राम्रा काम पनि नराम्रो देख्ने यो देशको संस्कार  जस्तै हो ।  खुल्ला दिशमुक्त, सरसफाई लगायतका थुप्रै अभियान छ्ेड्न कम्मर कसेर लागेका यस जिल्लाका नेता, कार्यालय प्रमुखहरुले छुवाछुत मुक्त गाउँ हुँदै जिल्ला बनाऔं भन्ने कुरा उच्चारण गर्न चाहेनन् ।

तर कांग्रेसले ल्याएको अभियानलाई यो अभियानलाई आलोचना गर्नुको साटो अरु राजनैतिक दलले पनि तिव्रता दिन र छुवाछुद मुक्त जिल्ला बनाउन लाग्न आवश्यक छ । अर्को कुरा दलितका घर भित्र पसेर खाने कांग्रेस व्राम्हणले फेरी त्यो दलितलाई आफ्नो घरमा लगेर त्यसरी नै खुवाउन सक्छ कि सक्दैन ? भन्ने सवाल पनि उठ्नु स्वभाविकै हुन जान्छ ।

कांग्रेसलाई अर्को चुनौती क यो पनि छ कि अहिले पनि धारामा दलितका गाग्री मिल्काई दिनेहरु छन् ।  सार्वजानिक कोट मन्दिरमा प्रवेश निषेध गरिएको छ । केहि दिन अघि मात्र यसै गुल्मीमा एक जना दलित राती मन्दिर भित्र प्रवशे गरेको भन्दै अर्को दिन मन्दिर चोख्खाएर दण्डित गर्ने प्रयास समेत गरियो ।

ग्रैह दलित केटी विहे गर्ने दलितको छोरा  वालिका विहे गरेको अभियोगमा  वा सके वलात्कारको मुद्धामा जाक्ने जस्ता कुचेष्टाहरु पनि हुँदै आएका छन् ।  अहिले पनि  कतिपय वालकले समेत दलित बृद्ध बृद्धलाई हजुर तपाई भनेर सम्वोधन गर्न रुचाउँदैनन् ।

कांग्रेस यस महाअभियानका क्रममा  माथी उल्लेख गरिएका विषयमा डटेर लागे दलितहरुले अपनत्व मात्रै दिदैन्थे कम्युनिष्ट छाडेर कांग्रेसमा प्रवेश नै गर्ने थिए ।  जातिपाती नमान्ने भनेको हामी कम्युनिष्टहरु नै हौं भन्नेहरु घरमा पुग्यो कि  भाँडाकुडा जोगाउन बढि हतार गर्ने गर्दछन् ।

द्धन्द्धकालमा दलितको घरमा बसेर मासु भात लुडाउनेहरुले शान्ति प्रकृया पछि दर्लिङ्गमा द्धन्द्धकालमा आफैले वाजा वजाएर मगरको घरमा दलितकी छोरी  भित्राई दिनेहरु नै पछि घर निकलाको प्रयासमा जुटे ।

चुनावताका जनप्रतिनिधीले समेत  मुख खेलायो भनेर  दलितको टाउको सेके । भाँडा छुएको रिसमा गत वर्ष वडागाउँका एक दलितले निर्घात पिटाई खाए ।  यी यावत कुराहरुको चुनौती चिर्न कांग्रेसले सकोस यहि शुभकामना एवं राम्रो प्रयासका लागि साधुवाद्................. 

यस बिषयमा तपाइको प्रतिक्रिया...!