दलितको चुलोमा वसरे गगन थापाले भने–‘समृद्धि कहिले आउँला यहाँ ?(फोटोफिचर)

Posted on: 03 May, 2018

प्रेम सुनार/बैशाख २० गुल्मी । बुधवार राती करिव  साढे ११ वजे रिमझिम वर्षातमा रुझेरै पनि कांग्रेस युवा नेता गगन थापालाई स्वागत गर्न कुरेर वसेका थिए वाग्ला गाउँका दलित समुदायहरु । वर्षा भई रहेकोले हिलाम्मे सडक छिचोल्न निकै मुस्कील परी रहेको थियो ।

गाडीबाट ओर्लेपछि छाता ओढेर दलित समुदायको तहलोमा ओर्ले पनि स्वागत गर्न बसेका दलितहरु भन्दा पहिला गगन थापाले प्रणामको शैलीमा शिर झुकाएर सवैलाई नमस्कार गरे ।  दलित समुदायसंगै उनलाई स्वागत गर्न बसेका थिए वाग्लाको अभियान सञ्चालन गर्ने जिम्मा पाएका जिल्ला सचिव खिल्ध्वज पन्थी पनि ।

परिचय गराउँदै झरियो आँगनमा । केहिवेर वरीपरी दलितका स–साना झुपडीहरु नियाले थापाले ।  वत्ति छिनछिनमा आउने जाने समस्या भोगेका रहेछन् । अँध्यारो घर दलानमा मोवाईलको सहयोगबाट एकले अर्कोलाई चिन्ने र क्यामेरामा कैद गर्ने काम गरियो ।

यो गाउँको नाम के हो र यहाँ कति घर  हुनुहुन्छ  दलित समुदाय  ?  भनेर  सोधे स्थानियसंग । जवाफ आयो  धुर्कोट गाउँपालिका वडा नम्वर ७  , साविकको वाग्ला–५ , जावुने गाउँ,  यहाँ त्यस्तै ५५ धुरी छौं । घर धनि को हुनुहुन्छ ?  म हुँ सर रेशम बिक ।

रेशम जि आउनुस बसौं भनेर दलानको पलङ्गमा विछाईएको गुन्द्रीमा दुवै जना बसे । खै तपाईका छोरा छोरी ? उ ति हुन् । चिन्न वित्तिकै उनले तानेर काँखमा राखे । कतिमा पढ्छौं भनेर सोधे ।

क्रमशः त्यस परिवार र त्यहाँका दलितहरुको अवस्था बुझ्दा बुझदै साढे १२ बजेको समय भई सकेको थियो । रेशम बिककी श्रीमति , दुई वुहारी र छोराहरु भित्र पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापालाई खाना पकाउनमा व्यस्त थिए ।

आठो–पिठो जे छ त्यही खाने हो, धेरै मेहनत गर्नु पर्दैन सवैलाई निद्रा पनि लागेको छ पार्टी सचिव पन्थीले भनेपछि त्यसलाई सहि थपे नेता थापाले। लगत्तै खान पस्कीने तरखर चल्यो भित्र  ।  ल आउन परो भित्र बन्दै रेशम बिककी श्रीमति बाहिर आईन ।  

गगन थापालाई अघि लगाउँदै सवै जना भित्र पसियो ।चुलो देखि घर भित्रको सवै वातवरण नियाले थापाले । केहि वेर भावुक मुद्रामा गहिरो सोचमा परी रहे उनि। केहि वेरपछि भने–‘ साँच्ची हामीले ल्याउने भनेको समृद्धि यस वस्तीमा कहिले आउला ? ’ अनि हामीले ल्याउने भनेको रेल र पानी जहाज  पनि कहिले आउला यहाँ ? ’

त्यसको जवाफ न अरुले दिए न आफैले दिन सके। केहि  वेर निजवाफ उनि अर्को प्रशंग कोट्याउँदै भने–‘ हाम्रो समाजमा दलितपना बुल्कुलै गरिवी संग जोडिएको छ । यो समुदायलाई गरिवीबाट मुक्त नगरेसम्म उनिहरुको दलितपना हट्ने देखिन्न । ’ त्यस लगत्तै खाना ल्याए रेशम बिककी दम्पत्तीले तोरीको साग–आलुको तरकारी, लोकल टमाटर र पुदिनाको अचार सहित निकै स्वादिलो खाना वनाएका रहेछन् । सवैजना गुन्द्रीमा बसेर खाईयो । चट्नी र तरकारी स्वादिलो भएर होला गगन थापाले  सुख्खा रोटी भने निकै थपे । पानी परी नै रहेको थियो । हाई काड्दै सवै जना त्यसै घरमा सुतियो ।

 चुहिने छाना मुनी मिठो निद्रा

विहान त्यस्तै सात वजेति उठेका थापाले भने–‘ साथी हो पानी पनि बढेको छ एकछिन सुतौं हैं । ’ उनि आठ वजे सम्म सुतरे उठे । चिटिक्क परेको शौचालय बुहारीहरु  विहानै उठेर दलन लिपपोत र वरीपरी सरसफाई गरी सकेका रहेछन् । शौचालय पछि सवैले हात मुख थोएर चिया पिईयो । थापाले भने–‘ आज जस्तो मिठो निद्रा त मलाई काठमाण्डौंमा समेत लागेको थिएन् । आखिर के फरक रहेछ त ? ग्रामिण क्षेत्रमा त्यतिको शौचालय, विस्तरा र वरीपरी सरसफाई पनि निकै रहेछ । उनले फेरी दोहराए यो समुदाय यदि अछुत हुन भने त्यो हो उनिहरुको गरिवी ।

केहि वेर पछि ५० दिने महाअभियान वाग्लाले  वडाचौरमा आयोजना गरेको  आम सभा लागियो । वाटोमा उनले विचार मन्थन गरे । हामीले पारी तर्फ  एक समयको मलिलो खेत अहिले बाँझो भएको देखाऔं । हेर्नुस त उ त्यो खेत बाँझिएको , जसको त्यहाँ मात्रै सयौं रोपन खेत वाँझै छ ।

उनको उता समेत गरी चार सय रोपनी भन्दा बढि जमिन छ । उनको परिवार त्यहाँ नवसी अन्यत्रै बस्छन् । उनि त एक उदाहरण मात्रै हो । चौरासीको फाँटमा खेत हुनेहरु प्राय धेरै जसो गाउँ वस्दैन् । यहिका दलित, यहिका कुमालहरुलाई अधिया दिएर जमिन वाँझिनबाट  बचाएका छन र शहरिया जिवन विताउने र छोरा छोरीलाई उच्च शिक्षा दिने गरेका छन् ।

यता गाउँमा पनि कसैको गतिलो वास छैन , गरी खाने जमिन छैन । होईन तपाईहरु जुन दलको भए पनि युवा सांसदहरु मिलेर क्रान्तिकारी भुमिसुधार कहिले लागु गर्न हुन्छ ? भन्ने प्रश्नमा उनले भने एकदम ठिक हो हामी सोच्दैछौं ।

करोडौ खर्चेर तलको पानी लिफ्टीङ्ग गरेर माथी डाँडोमा ल्याउन किन प¥यो ? त्यसको सट्टा वस्ती विकास गरे त त्यसको खर्चले उनिहरुको सुविधा सम्पन्न घर बन्न सक्थ्यो , होईन र ? भन्ने प्रश्नमा पनि उनले आफुले यस विषयलाई गम्भीरता पुर्वक लिएको बताए ।

यस्तो छ जिल्लाभरको औसत गरिव दलितको चित्र

५५ घरधुरी मध्ये कति घरले वर्षभरी खान पुराउनु हुन्छ भनेर अघि वाहिर सामुहिक रुपमा गाउँवासी संग सोध्धा एकै स्वरमा जवाफ आएको थियो कि –‘ तिन महिना सम्म खान पुग्ने पुग्ने तिन चार घर होलान अरु सवैको एक डेढ महिना पनि खान पुग्ने जमिन छैन हजुर । ’

 यहाँका युवा  वाहिर कहाँ काम गर्न जान्छन् ? भनेर नेता थापाले सोध्धा  सवै  भारतमा हो भन्ने जवाफ पनि आई सकेको थियो । किन भारतमा मात्रै विदेश किन नप’ठा को भन्ने जवाफमा सवैले एकै स्वरमा भन्दै थियो , के ले पठाउने ? चार डोका मकै हुने वारी छैन, कसले ऋण पत्ताउ छ र पठाउँ ?

केहि वर्ष अघि सम्म सुनचाँदीको काम गर्नेहरु पनि अहिले त्यस पेशाबाट विस्थापित भएर गिटी कुट्दै रहेछन् । आरने काम पनि गोलको अभावमा छाडी सकेका रहेछन् । जुत्ता सिलाउनेहरु अहिले धेरै जसो भारतको कोठी र होटलमा पुगेका रहेछन् ।

त्यतिका घरधुरी मध्ये एक जना वसन्त सुनार मात्रै स्नातक सम्म पढेका  , एउटी युवती सहित दुई चार जनाले मात्र एसएलसी उतिर्ण गरेको अरु धेरै जस्ताले कक्षा ८ पनि पुरा नगरी मजदुरी गर्न लाग्ने गरेको उनै वसन्त सुनार बताउँ छन् ।अझै पनि छुवाछुत व्याप्त छ गाउँमा सुनारले भने स्कुल, वडा कार्यालयको कुनै बैठकमा वसियो र चिया आउन थाल्यो भने कसैलाई ग्याष्टिक, कसैको व्रत वसाई त कसैको वावुको भोली तिथी आज एकछाकी पर्छ र जराक्जुरुक उठेर हिड्छन् संगै बसेर चिया खानका धौंले ।

यहाँको समुदायले राजनीतिमा चासो देखाउन थालेको पनि वर्षऔं भई सक्यो , तर जुन दलमा लागे पनि छुवाछुत विभेद उस्तै छ उनले थपे– यसरी क्षेत्री वाहुन हाम्रो भित्र पसेर खान खाएको यो पहिलो हो ।  श्रीमति छोरा छोरी सहित ८ जना परिवार पाल्ने आधार त्यही उनको पाखुरो हो ।

छोराहरु भर्खर देश प्रदेश लाग्ने भएका छन् । ७० वर्षको नेटो काटेका छिमेकी हुमबहादुर  सुनार एक जना छोरा अस्पतालको शैयामा अर्का छोराा जेलमा परेर अकल्गुम छन् । मुस्किलले दुई महिना जमिन भएका २६ वर्षिय उनका छोरा दिपक सुनार  व्लड सम्वन्धि विमारले  काठमाण्डौको सिविल अस्पतालमा भर्ना छन ।

तर उपचार गर्ने खर्च नभएर  सहयोगको हात फैलाउँदै छन् । एक छोरा  सञ्जु सुनसरीमा सडक मजदुरी गर्दा गर्दै सात वर्ष देखि त्यहाँको जेलमा छन् । छोरा छुटाउन जानु त परै जाओस उनले त्यो छोरा के कारणले जेल परेको छ भनेर बुझ्न समेत उनी जान सकेका छैनन् ।

वाग्लाको आप्रा गाउँ झन त्यो भन्दा ठुलो दलित वस्ती हो । वाग्लाको कोटा मुनीका दलितहरुको अवस्था पनि उस्तै रहेको सचिव पन्थीले बताए ।  ‘नेपाली कांग्रेस गुल्मीको आव्हान, गाउँ जाउँ गाउँ मै रमाऔं ’ भन्ने मुला नाराका साथ बैशाख १ गते देखि सुरु गरिएको अभियानमा सहभागि हुन पुगेर आजै सदरमुकामको आमसभालाई सम्वोधन गरी राजधानी फर्किएका छन् ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला प्रतिनिधीहरु गरिवी संग साक्षतकार गर्ने र छुवाछुत प्रथाको दाहसंस्कार गर्ने भन्दै जिल्लाका ९३ वटै वटामा पुगेका छन र अधिकांस दलित गरिवकै घरमा जे पाक्छ त्यही खाँदै वसेका छन्|


यस बिषयमा तपाइको प्रतिक्रिया...!