गुल्मीदरवार गाउँपालिकाले पुराना शिक्षक हटाउने

Posted on: 02 Jul, 2018

प्रेम सुनारअसार–१८, गुल्मी।  शैक्षिक सुधारका लागि गुल्मीदरवार गाउँपालिकाले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । त्यस गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि लामो वहस पछि त्यस विषयमा हिजो सम्पन्न गाउँ कार्यपालिको बैठकले साविकको जिल्ला शिक्षा कार्यालयलाई चुनौतीपुर्ण लागेको दरवन्दी मिलान कार्यलाई समेत समधान गरेको छ ।

त्यस गाउँपालिका भित्र रहेका कुल ३५ वटा विद्यालयहरु मध्ये विद्यार्थी संख्यालाई अध्यान गरी शिक्षक संख्या बढि भएका विद्यालयबाट दरवन्दी कटौती गरी शिक्षक संख्या कम भएका विद्यालयहरुमा थप गर्ने निर्णय गरिएको छ ।

त्यस क्रममा गाउँपालिकाले १४ वटा दरबन्दी कटौती गरेको छ । त्यसरी कटौती भएका दरवन्दीलाई गाउँपालिकाको पुल दरवन्दी मानी  ति पुल  दरवन्दी शिक्षकहरुलाई शिक्षक संख्या कम भएका विद्यालयहरुमा पठाउने भएको छ ।

त्यस्तै माध्यामिक तहका विद्यालयहरुलााई केन्द्रित गरी निम्न माध्यामिक तहमा  नपुग भएका ११ जना  विषयगत शिक्षकरुलाई गाउँपालिकाको श्रोतबाट व्यवस्थापन गर्ने निर्णय गरी दरवन्दी सिर्जना गरेको छ ।  

त्यस्तै प्रत्येक विद्यालयहरुमा वालवालिका विकास केन्द्र रहने शिद्धान्तलाई आधार मानी वालवालिका विकास केन्द्र नरहेका ७ वटा  विद्यालयहरुमा वालविकास केन्द्र समेत गाउँपालिका कै श्रोतबाट ब्यवस्थापन गर्ने भएको छ ।

गाउँपालिका भित्रमा निवृतिभरणका लागि अवधी पुगेका शिक्षकहरुलाई केन्द्रिकृत गरी शैक्षिक अवकास योजना अगाडी सारेको छ । यस योजनामा अवकास लिने शिक्षकहरुलाई प्रोत्साहन स्वरुप खाई पाई आएको दुई महिनाको  तलव भत्ता समेत गाउँपालिकाले दिने भएको छ ।

गुल्मीदरवारले स्थानिय शिक्षा ऐन–२०७५ जारी  गरेको छ । उक्त ऐन अन्तरगत प्रत्येक विद्यालयका प्रधानध्यापकले ‘विद्यालय विकास प्रस्ताव’  गाउँपालिका शिक्षा शाखामा पेश गर्नु पर्ने छ । त्यसरी पेश भएका विद्यालय विकास प्रस्ताव कमजोर र असक्षम देखिएमा गाउँपालिकाले स्वतःहटाएर अर्को प्रधानध्यापक नियुक्ति गर्ने भएको छ ।

त्यस गाउँपालिका शिक्षा शाखा अधिकृत दिपक भण्डारी भन्छन–‘ यहाँको शैक्षिक सुधारमा गाउँपालिकाको यो निर्णय महत्वपुर्ण रहेको छ । विगत देखि नै चुनौतीपुर्ण रहँदै आएको दरवन्दी मिलान कार्य सवै भन्दा महत्वपुर्ण हो । विद्यालय विकास प्रस्ताव कार्यले प्रतिस्पर्धा हुने र असक्षम वाहिरिने र सक्षमले गुणस्तरिय शिक्षा दिन सक्ने छन । ’

पुराना हटाउने,नयाँलाई  भित्राउने नीति

त्यस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माका अनुसार गुल्मीदरवारले अहिलेको पिढीलाई दिनु पर्ने शैक्षिक गुणस्तरका लागि स्थानिय शिक्षा ऐन–२०७५ जारी गरिएको हो ।  गाउँपालिका कार्य समितिले जारी गरेको यस ऐन अन्तरगत विद्यालय विकास प्रस्तावले असक्षमहरु हट्ने र सक्षमहरुले प्रवेश पाउने छन ।

त्यस्तै शैक्षिक अवकासका लागि गाउँपालिकाले थप दुई महिनाको तलव भत्ता दिई स–सम्मान पुराना शिक्षक हटाउने र नयाँ र उर्जावान शिक्षक ल्याउने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिकाको श्रोतबाट नियुक्ति गर्न लागिएको शिक्षकहरुको तलव मासिक २० हजार तोकिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।

उनका अनुसार त्यसका लागि वार्षिक २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । शैक्षिक अवकास कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  गाउँपालिका प्रमुख अशोककुमार थापाले हाल सम्म विद्यामान शैक्षिक गतिविधीबाट  अहिलेको पिढिले चाहेको शिक्षा प्राप्त गर्न नसक्ने देखिएकोले  स्थानिय शिक्षा ऐन–२०७५ जारी गरिएको बताए ।

यस ऐन अन्तरगत हिजोको बैठकले अगाडी सारेका योजना–कार्यक्रमहरुले  गुल्मीदरवारको शैक्षिक गुणस्तर  हुनेमा आफु विश्वास्त रहेको प्रमुख थापाले वताए । त्यस गाउँपालिका भित्र ४ वटा माध्यामिक विद्यालयहरुमा कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!