जंगलमा माओवादीले लुकाएर राखेको हतियारहरु भेटियो

Posted on: 08 Jul, 2018

प्रेम सुनार | असार २४, गुल्मी | गुल्मी जिल्ला प्रहरीले यहाँको एक घनघोर जंगलमा तत्कालिन माओवादीले लुकाएर राखेको एक थान राईफल  र सकेट वमहरु फेला पारेको छ । 

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ४, अर्खबाङ्गमा तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको हो  । अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धवेदीले जानकारी दिए ।

खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा कम्व्याड कपडाले बेरेको अवस्थामा तीन थान सकेट बम फेला परेको द्धवेदीले बताए । बम फेला परेको १० मिटर तल ओडारमा हर्नेट बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले बम फेला परेपछि अस्थायी प्रहरीपोष्ट अर्खबाङ्गलाई खबर गरेका थिए । सोहि अर्खबाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले नजिकै खोजतलास गर्दा बन्दुक पनि फेला पारेको थियो ।

सो बम र बन्दुक द्धन्द्धकालमा गाडेर राखेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बम डिस्पोजलका लागि बिरभद्रजंग गुल्म धागीधुमबाट नेपाली सेनाको टोली घटना स्थल तर्फ लागेको गुल्मपति जनमत कार्कीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!