कागजमा काम सम्पन्न गराउँने वडाध्यक्षले अब रस्व–दिर्घ पनि हेर्ने

Posted on: 12 Jul, 2018

प्रेम सुनार/असार २८, बुटवल। केहि दिन अघि काम नै नभएको एक विकास निर्माण योजनामा काम सम्पन्न भएको भन्दै रकम निकासीका लागि गाउँपालिकामा सिफारिस दिने छत्रकोट गाउँपालिका–४ का वडाध्यक्षले आफु गम्भीर भएको प्रतिकृया दिएका छन ।

यस गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष  डिलाराम न्यौपानेले  त्यस वडाको नयाँपोखरा देखि सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिर सम्मको मोटरवाटोमा परेको ७३ हजार ८  सय ३७ रुपैयाको काम गर्दै नगरे पनि सम्पन्न भएको भन्दै रकम निकासीको सिफारिस गाउँपालिकामा दिएका थिए ।

उक्त सिफारिस लगेर रकम निकासी गर्न गएका उपभोक्ता  समितिका अध्यक्ष दिपक कँडेल लगायतलाई स्थानियले पोल खेलि दिए पछि रकम निकासी असफल भएको थियो ।  

वडाध्यक्ष न्यौपाने आज फोनमा भने–‘ अँस्ती त्यस समाचारका वारेमा तपाईले फोन गर्दा म मिटिङ्गमा भएकोले मेरो फोन साईलेन्टमा थियो ।  आज म भन्छु कि मलाई आफ्नै मान्छेले फँसाएका हुन ।  अव देखि मैले हस्ताक्षर गर्नु पुर्व लेखिएको पत्रमा रस्व दिर्घ समेत हेरेर हस्ताक्षर गर्ने छु । ’ 

उनले आज पनि त्यस्ता विकास निर्माणका दुई चार वटा सिफारिस लिएर केहि मानिसहरु आएको तर आफुले रोकेर  काम हेरेर मात्र सिफारिस दिने अडान लिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!