मृतकको परिवारलाई पाँच लाख क्षतिपूर्ति

Posted on: 24 Jul, 2018

साउन ८, हुम्ला ।  करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले रु पाँच लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ । 

गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सीमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई सो रकम क्षतिपूर्तिस्वरुप उपलब्ध गराइएको हो । 

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा बसेको सर्वदलीय बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति रकम तथा परिवारको एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको हो । 

विद्युत्को तार सट भई करेन्ट लाग्दा स्थानीयवासी कलदरी भण्डारी, धनपुरी बोहरा, देवकली बोहरा र कर्णबहादुर बोहरा घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!