भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा गोली चल्यो, ३ घाइते

Posted on: 25 Jul, 2018

साउन ९, चितवन | चितवनको भरतपुर महानगरपालिले राजमार्गमा रिक्सा, अटो रिक्सा र ई–रिक्स चलाउन नपाउने निर्णय गरेसंगै त्यसको विरोधमा बुधबार भरतपुर जिल्ला प्रशासन कार्यालय नजिक भएको प्रदर्शन तनावपूर्ण भएको छ । 

बिरोध प्रदर्शन गर्नेहरु दंगामा उत्रिएपछी सो दंगा नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

स्थानीयका अनुसार त्यहाँ प्रहरीले गोलि चलाउँदा एक जना घाइते समेत भएका छन् भने झडपको क्रममा प्रहरी तर्फ दुई जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरीमाथिनै ढुंगामुढा मुढा गरेको बताइएको छ । 

प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!