दाङमा रुद्राक्षका बिरुवा वितरण

Posted on: 27 Jul, 2018

साउन ११, दाङ | लमही नगरपालिकाले वडा नं ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ । 

इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो । 

प्रत्येक घर परिवारलाई दुईवटा र शैक्षिक संघसंस्थालाई पाँच वटाका दरले बिरुवा वितरण गरेको पनि उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!