चाउचाउँ पकाउने क्रममा जलेर (नेकपा) नेताका छोराको मृत्यु

Posted on: 29 Jul, 2018

साउन १३, पर्बत | पर्वतको मोदी गाऊँपालिका– ६ तिलाहारमा चाउचाउँ पकाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ ।

साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पर्वत जिल्ला नेता लोकेन्द्रजंग लामिछानेका ११ बर्षिय छोरा एञ्जलजंग लामिछानेको शनिबार मृत्यु भएको हो ।

साउन ६ गते चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका लामिछानेको काठमाडौं किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा खुल्लै छाडेर सलाई खोजेर बाल्ने क्रममा शरीरमा आगो सल्किएको छिमेकीले बताएका छन ।

घाइते भएका बालक लामिछानेलाई उपचारका लागि पोखरा लगिएको थियो भने थप उपचारका लागि जलेको उपचार गर्ने किर्तीपुर अस्पतालमा पु¥याइएको थियो । लामिछाने स्थानिय नवजागृत माबि तिलहारमा ५ कक्षामा अध्ययनरत थिए ।

मृतकका बाबु लोकेन्द्रजंग लामिछाने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुन । लामिछानेको निधनमा बिद्यालयले शोक मनाएर एक दिन आइतबार बिद्यालय बन्द गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले जानकारी दिए । मृतक लामिछाने एक मात्र छोरा हुन । उनका दुई दिदी रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!