१२ वर्षिया वालिकाद्धारा जिवनरक्षाको अपिल

Posted on: 30 Jul, 2018

प्रेम सुनार | साउन १४, गुल्मी | दुबै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हुँगाकी एक १२ वर्षिया बालिकाका परिवारजनले उनको जिवन रक्षाका लागि सवै सगै सहयोगको अपिल गरेका छन । छत्रकोट गाउँपालिका वडा नम्वर–१ , हुँगाकी बन्दना भण्डारीका परिवारजनले यस्तो अपिल गरेका हुन् ।

उनका पिता जिवन भण्डारीले भने–‘ मेरो सवै श्री–सम्पत्ती बेचे पनि छोरीको उपचार गर्न सक्ने अवस्था छैन ।  केहि उपाय नलागे पछि उनको जिवन रक्षाका लागि  सञ्चार माध्यम मार्फत सवै संग  सहयोगको हात फैलाएको हुँ ।’

उनका ठुला बावा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले पनि त्यो परिवारको केहि उपाय नलाग्ने भए पछि सवै संग सहयोग गरी दिन आग्रह गरेका छन ।

१० महिना अघि देखि ति वालिका महाराजगन्जस्थित शिक्षण अस्पतालमा  उपचार गराई रहेकी छन् ।  उनलाई सहयोग गर्न चाहनु हुने महानुभावले उनै कृष्ण भण्डारीको मो. नम्वरमा ९८५७०६१८४० मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।  


माथिको तश्विरमा: उनै मृगौला पिडित वालिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!