नुवाकोटमा पहिरोले दुई घर भत्कायो

Posted on: 06 Aug, 2018

साउन २१, नुवाकोट (रासस) | जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । 

ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार विस्थापित भएका छन् । पहिरोबाट रु १० लाखभन्दा बढी क्षति भएको पीडित परिवारले जनाएको छ । 

यसैगरी सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा गएराति पहिरो जाँदा स्थानीय रामकुमार पटुवारको चारकोठे घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भूकम्पको राहत पैसाले निर्माण गरेको सो घरसँगै पहिराले गोठसमेत पुर्दा उहाँको एउटा दुहुनोे भँैसी र एउटा पाडीसमेत मरेको छ । पहिरोको कारण पटुवारको लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!