निर्दयी बाबु जसले अधिकार माग्दा आफ्नै छोरीलाई जिउंदै जलाए

Posted on: 07 Aug, 2018

प्रेम सुनार | साउन–२२, बुटवल । एक महिना अघि जलेर मृत्यु भएकी रुपन्देही १६ वर्षिया किशोरीलाई आफ्नो बावुसहित परिवारका सदस्यले ज्युँदै जलाएर मार्ने उद्योष गरेको अभियोगमा त्यहाँका अदालतले पुर्वक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

रुपन्देहीको कञ्चन नगरपालिका वडा नम्वर– ५,  कि १६ वर्षिया समिक्षा ठकुरी गत असार ९ गते आफ्नै घरमा जलेको अवस्थामा गम्भीर घाईते भई  उपचारका क्रममा असार २० गते  उनको मृत्यु भएको थियो ।   

समिक्षालाई ज्युँदै जलाएर  हत्या गरेको अभियोगमा समिक्षाका बावु तेजबहादुर ठकुरी , हजुर आमा हरिमाया ठकुरी र फुपु अमृता भनिने शोभा रानालाई जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायधिश शारदाप्रसाद श्रेष्ठको ईजलासले उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।


समिक्षाले अधिकार खोज्दा ज्यान लिईयो

समिक्षाकी आमा माया ठकुरी श्रीमानको हेलत्व सहन नसकेर माईतीमा उनै छोरी समिक्षालाई राख्दै बैदेशिक रोजगारका लागि ईराकमा कार्यरत थिईन । समिक्षा बाबुबाट आफु छोरीको अधिकार खोज्न चाहन्थीन ।  उनि अन्याय अत्यचार विरुद्ध  जाग्नु पर्छ भन्ने स्वाभवकी थिईन ।

 जसलाई त्यस परिवारले जिद्धी स्वभावकी केटी भन्थे । उनि आमासंग म मेरो बुवाको घरमा  किन नजाने ? म कति दिन मावली घरमा बस्ने ? भन्दै केहि महिना अघि बाबुको घरमा गई पढ्न थालेकी थिईन । स्थानियका अनुसार त्यस घटनाको केहि दिन अघि घरमा झगडा परेको पनि थियो ।

 समिक्षाले बाबुबाट संघर्ष गरेरै अंश लिन चाहेकी थिईन । जुन कुरा उनका बाबु र अन्य सदस्यलाई शैह्य थिएन । त्यस दिन साँझ राती अवेरसम्म उनि घर बाहिर बसेर मोवाईल चलाउँदै गरेको स्थानियले देखे पनि त्यस पछिको अवस्था अज्ञात छ ।

उनि अर्को दिन भित्र कोठामा जलेर अचेत अवस्थामा भेटिए पछि बुटवल हुँदै उपचारका लागि राजधानी पुराईएको थियो ।   उनको मृत्युको खवर पछि उनकी आमा ईराकबाट फर्केर छोरीको हत्या  गरिएको भन्दै प्रहरीमा जाहेर दिएपछि यो घटना बाहिर आएको हो ।

उपचारका क्रममा समिक्षाकी क्षमा नाताकी महिलाले सोध्धा समिक्षाले  हजुर आमाले मट्टितेल छरेर जलाएको बताएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्ले जानकारी दिए । उनले भने–‘ यी यावद सवुद प्रमाणको आधारमा अदालतले उनिहरु तिनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ’   

यस बिषयमा तपाइको प्रतिक्रिया...!