ओली सरकारको उपहारः विना धितो ऋणले रोजगार

Posted on: 12 Aug, 2018

प्रेम सुनार। साउन–२७, गुल्मी । अघिल्लो सरकारमा छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विना धितो विना ब्याज  ऋण लिई  स्वरोजगार बनाउने कार्यक्रम यतिवेला निकै लोकप्रिय बन्दै आएको छ । अघिल्लो आर्थिक बर्षमा थोरै संख्यामा भए पनि यहाँका युवाहरुले प्रत्यक्ष रोजगार पाएका छन । छत्रकोट १ , हुँगाका होम पल्लीको बंगुर पालन र तरकारी  खेती हेर्दा अरु पेश छाडेर त्यस्तै गरुँ  जस्ता लाग्छ ।

विदेशबाट फर्केका उनले सोही कार्यक्रमबाट विना धितो, विना ब्याज नेपाल सरकारको राष्ट्रिय युवा परिषद, जिल्ला  युवा समिति गुल्मीबाट ५ लाख ऋण लिए ।  उनले त्यो ऋण यसै वर्ष त्यो पनि बंगुरबाटै तिर्ने देखिएको छ । उनको समुहमा रहेका अरु चार जनाको प्रगति उनि उस्तै छ । युवा समिति गुल्मीले गत आर्थिक वर्षमा ५ वटा समुहलाई ऋण स्वीकृत गरेको छ ।

त्यस मध्ये खड्गकोटको  उर्लेनी तरकारी उत्पादक कृषक समुह, बलेटक्सारको स्पेशल ज्वाँई पोल्ट्री फर्म र वामीको सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादक समुहले विना धितो विना  ब्याज पाँच/पाँच लाख ऋण लगि सकेको र बाँकी २ वटा समुहले अव छिट्टै ऋण पाई हाल्ने त्यस कार्यालयका प्रमुख लोकनाथ मरासीनीले जानकारी दिए ।


उनका अनुसार बलेटक्सारको  स्पेशल ज्वाँई फोल्ट्री फर्म र बलियो ब्लग उद्योग ईस्मा–२ ले उक्त ऋण पाउँने गरी  स्वीकृत भएको छ । त्यसबाट कम्तीमा २५ जनाले प्रत्यक्ष रोजगार पाएका छन भने उनिहरुका परिवारले पनि घर मै आम्दानी हुने माध्यम पाएका छन ।

त्यस कार्यालयकी सुचना अधिकृत संजिवनी अर्यालका अनुसार गत आर्थिक वर्षको असार मशान्त भित्र सो कार्यालयले १८ जना युवाहरुलाई हलुका गाडीको ड्राईभिङ्ग तालिम दिलाएको छ । त्यस्तै  कम्प्युटर ग्राफिक्स तालिम दिलाएर २८ जना युवाहरु स्वरोजगार बन्दै छन ।  त्यस विचमा युवा प्रतिभा सम्मान ,  रोजगारी र स्वरोजगारीका लागि परामर्श  र विभिन्न तालिमहरु भएका छन । आईतवार १९ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवाको विकासका निम्ती स्थानिय तह मार्फत राष्ट्रिय युवा नीतिको कार्यान्वयन  विषयक अन्तरकृया कार्यक्रम  रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरु विच  युवा समितिले सम्पन्न गरेको छ ।

अन्तरकृया कार्यक्रममा ओली सरकारले ल्याएको त्यस कार्यक्रमलाई बेरोजगार युवाहरुलाई उपहार जस्तै भएको बक्ताहरुले प्रकाश पारे ।  रेसुङ्गा नगरपालिका र समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रनिधीहरुले अव स्थानिय  तहबाटै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले आगामी वर्ष  विभिन्न युवा लक्षित कार्यक्रमका लागि बजेट छुट्टाईएको बताए ।

प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले युवाहरुलाई शिक्षा र स्वास्थ्यमा  यथोचित पहुँच  देखि रोजगार सम्म दिलाउनमा नगरपालिका लागी परेको जनाए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीबाट विरबहादुर कार्की, नेपाली कांग्रेसबाट पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले  युवाहरुलाई रोजगारी दिन सके मात्र देश समृद्धि तर्फ   उन्मुख हुने बताए ।

जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवरले यस  आर्थिक वर्षमा स्थानिय तहहरुले  युवाहरुको  सिप, उद्यमशिलता तथा नेतृत्व विकास गर्दै रोजगार र  स्वरोजगार बनाउन   पर्याप्त बजेट र कार्यक्रमको ब्यवस्था गर्नु पर्नेमा जोड दिए । युवाहरुलाई विदेश निर्यात गरेर होईन, नेपाली युवाको सिप बिकास गरी उत्पादनको निर्यातबाट मात्रै देशको स्वाभिमान र समृद्धि हुनेमा जोड दिए ।

जिल्लामा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकाले त्यहाँका युवाहरुलाई आशा लाग्दो गरी स्वरोजगार र रोजगार दिएको प्रति उनले प्रशंसा गर्दै अन्य स्थानिय तहले पनि त्यसरी नै अगाडी बढ्न आग्रह गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!