बेनी–जोमसोम सडक अवरुद्ध

Posted on: 14 Aug, 2018

साउन २९, म्याग्दी | दर्जनौं ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ । 

छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हँुदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको बेनी–जोमसोम सडकमा पहिराको जोखिम बढेको छ । यसैगरी अन्नपूर्ण गबेनी–जोमसोम सडक अवरुद्ध 

म्याग्दी, २९ साउन (रासस) ः दर्जनांैँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ । 

छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हँुदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको बेनी–जोमसोम सडकमा पहिराको जोखिम बढेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको कोप्चेपानीमा कालीगण्डकीले धार परिवर्तन गरी भएको कटानका कारण विद्यालय भवन जोखिममा परेको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!