दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वतीलाई

Posted on: 16 Aug, 2018

साउन ३१, काठमाडौँ | यस वर्षको सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ । 


जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गर्नुभयो । सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । कार्यक्रममा अभियानकर्मी डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुङ्खे, बर्दियाका दिलीप गन्धर्व र बाजुराका डा रूपचन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!