गायक सौगात सागर केटी काण्डमा समातिए

Posted on: 21 Aug, 2018

प्रेम सुनार, भदौ–५, गुल्मी । पुराना र चर्चित गायक सौगात सागर ( सुनार ) केटी काण्डमा फँसेका छन । उनलाई एक युवतीले साईवर क्राईम अपराध विरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाण्डौं टेकुमा दिए पछि ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।


‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन ग¥यौं’–वुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखामा पठाएका छौं । ’

 उनी तिमी फुल्यौं कतै म फुले कतै, जहाँ फुले पनि हाम्रो सुघन्ध एउटै  रहेछ, नजलाउँ ब्यर्थै मन जस्ता लोकप्रिय गीत गाएर  चर्चामा रहेका छन् । उनि जनवादी गायक पनि हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!