सल्यानका महिला स्वस्थ्य स्वयमसेविकाले पाए सिम सहतिको मोवाइल

Posted on: 02 Sep, 2015

भाद्र १६, सल्यान । सल्यानका महिला स्वस्थ्य स्वयमसेविकाहरुले सिम सहितको मोवाइल फोन पाएका छन ।

तेर दे जोम्स फाउन्डेशन नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानद्धारा संचालित माला चार एकिकृत बाल संरक्षण कार्यक्रम अन्तर्गत कजेरी, छायाँक्षेत्र र लेखपोखराका २७ जना महिला स्वास्थ्य स्वयमसेविकाले सिम सहितको मोवाइल पाएका हुन ।

आज एक कार्यक्रमको आयोजना गरी मोवाइल वितरण गरिएको नेपाल रेडक्रस सल्यानले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठको सभापतित्व तथा जिल्ला स्वास्थ्य प्रमुख डा. मनिषा रावलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वोल्दै शाखाका मन्त्री इन्द्र कुमार शर्माले सुरक्षित मातृत्व, पोषण, खानेपानी सरसफाई स्वच्छता र वाल संरक्षणको क्षेत्रमा उनीहरुले पु–याएको योगदानको उच्च सम्मान गर्दै प्रोत्साहन स्वरुप मोवाइल फोन हस्तान्तरण गरिएको वताएका छन ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. रावलले सल्यान जिल्लामा नयाँ कार्यको थालनी गरेकोमा र स्वास्थ्य स्वयं सेविकाको योगदानको कदर गरेकोमा रेडक्रस सल्यानलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन । साथै कार्यक्रममा उनले जिल्ला अस्पताल सल्यानबाट उपलव्ध हुने सेवाहरुको वारेमा पनि जानकारी दिएका छन ।

कार्यक्रममा मोवाइल प्राप्त गरे पश्चात स्वयं सेविकाहरुले खुसी व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य, सरसफाई र वाल संरक्षण सम्वन्धी गतिविधिहरु संचालन गर्न अझै सहज हुने वताएका छन् ।

कार्यक्रमको संचालक माला चार एकिकृत बाल संरक्षण कार्यक्रमका कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गरेका थिए । भोलि एक कार्यक्रमका वीच देवस्थल, मूलखोला र बामे गाविसका स्वयं सेविकाहरुलाई पनि सिम सहितको मोवाइल हस्तान्तरण गरिने रेडक्रस सल्यानले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!