थारमारेमा फुटबल प्रतियोगिता हुने

Posted on: 07 Sep, 2015

भदौ २१, सल्यान । सल्यानको थारमारेमा भोलिदेखि फुटवल प्रतियोगिता हुने भएको छ ।

थारमारेको जनकल्याण उमाविको प्रांगणमा हुने खेलमा सहभागिताहुनको लागि ४ वटा समूहले दर्ता गरिसकेको आयोजक संस्था यूनिभर्सल यूथ क्लवका उपाध्यक्ष विधायक केसीले जनाएका छन ।

हरितालिका तीजको अवसरमा हुने अन्डर सिक्सटिन फुटवलमा सहभागिता जनाउनलाई आयोजक संस्थाले भोली विहान १० बजे भित्र टिम दर्ताका लागि अनुरोध गरेको छ । भोली देखि संचालन हुने प्रतियोगिता भाद्र २४ गते सम्म चल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!