सामनाको साँस्कृतिक अभियान

Posted on: 24 Sep, 2015
असोज ७, सल्यान  / सामना साँस्कृतिक परिवारले आज दाङको घोराहीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गदैछ । राष्ट्रघात र जनविरोधी संविधानको विरुद्ध राष्ट्रिय स्वाधिनता र जनअधिकार सुश्चितताको लागी साँस्कृति कार्यक्रमको आयोजना विप्लव नेतृत्वको नेकपा माओवादीले जनाएको छ । आज दिउसो १ वजे घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने कार्यक्रममा उपस्थित भईदिन दाङ्ग जिल्ला सचिव शितलले सवैलाई आग्रह गरेका छन । कार्यक्रममा चर्चित कलाकार माईला लामा लगाएतका विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने वताईएको छ । त्यस्तै सामानाको देशव्यापी अभियान अन्तरगत आगामी असोज ९ गते सल्यानको श्रीनगरमा साँस्कृति कार्यक्रम हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!