दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान

Posted on: 18 Nov, 2015

मंसिर २, सल्यान । सल्यानमा १० दिनसम्म चल्ने दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान भएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । मंसिर ५ देखि १५ सम्म श्रीनगरमा हुने महोत्सवका लागि आज गरिएको सर्वपक्षिय बैठकमा बोल्ने वक्ताहरुले यसमा जोड दिएका हुन ।

पर्यटनको प्रवद्र्धन र पहिचानका लागि हेलिकोप्टरबाट सल्यानका रमणिय ठाँउको अवलोकन गराउने, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती प्रस्तुत गरिने, सल्यानमा उत्पादित सामाग्रिको प्रचार प्रसारको उद्धेश्य राखि नेपाल बाल संगठनले आयोजनामा गरेको कार्यक्रमबाट संकलित रकमबाट जिल्लाको सदरमुकाममा रहेको विद्यालमा कम्प्यूटर शिक्षाका लागि रकम प्रदान गरिने र सदरमुकाम खलंगामा बालबालिकाका लागि संगित कक्षा संञ्चालन गरिने संगठनका अध्यक्ष एवंम महोत्सव संयोजक ऋषिकेशजंग शाहाले जानकारी दिएका छन । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने र विभिन्न विषयमा विज्ञ व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकाएको छ ।

महोत्सव अवलोकनका लागि टिकटको दर ३० रुपैयाँ मात्रै रहेको र विद्यार्थीहरुले २० रुपैयाँमा महोत्सवको अवलोकन गर्न पाउने संयोजक शाहाले जानकारी दिएका हुन । आजको बैठकमा जिल्लाका राजनीतिक दलकाका नेतृत्वको सहभागिता रहेको थिएन । राजनीतिक दलको सहभागिता नभएको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले त्यसलाई मिलाएर लैजानुपर्ने बताएका थिए ।

कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहाले महोत्सव सबैको भएकोले सबैलाई मिलाएर लैजान आयोजकलाई अनुरोध गरेका थिए । महोत्सवमा १ सय ५० स्टल रहने भन्दै बुकिङ्गका लागि सहयोग गरिदिन आयोजकले सबैम अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!