आज सल्यानका पत्रकारलाई परिचय पत्र वितरण हुँदै

Posted on: 08 Dec, 2015

मंसिर २२, सल्यान । सल्यानमा आज पत्रकारहरुलाई परिचयपत्र वितरण गरिदैछ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालय सुचना विभागले वितरण गर्ने परिचय पत्र वितरणका लागि विभागको टोलीले सल्यानमा खटाएको नेपाल पत्रकार महासंघ सल्यानले जनाएको छ ।

महासंघका अध्यक्ष शालिकराम शर्माका अनुसार महासंघको जिल्ला शाखामा आवद्ध पत्रकारलाई आफ्नो संचारसंस्थाको नियुक्ति पत्र र सिफारिसका साथ आवश्यक कागजात सहित उपस्थितीका लागि सुचना समेत जारी गरिएको छ ।

विभागको टोलीले आज विहान १० बजे देखि ४ बजेसम्म परिचयपत्र वितरण गर्नेछ । विभागले सोमबार दाङमा परिचय पत्र वितरण गरेको थियो भने आज सल्यानमा सिध्याएर फेरी रुकुम जाँनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!