हात्तिको आक्रमणबाट चितवनमा माउतेको मृत्यु

Posted on: 30 Aug, 2018

भदौ १४, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ ।

निकुञ्जले पालेको हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गर्दा सुनसरीका २७ वर्षीय माउते बुहरीलाल सरदारको मृत्यु भएको हो ।

मोतीप्रसाद (ख) नाम गरेको भाले हात्तीले आक्रमण गर्दा सरदारको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्ऽ अर्यालले जानकारी दिए ।

हात्ती रिसाएर आक्रमण गरेको हुन सक्ने सूचना अधिकारी अर्यालले बताए । ज्यान गुमाउने सरदारसहित तीन जना हात्ती चराउन र घाँस काट्न गएका थिए ।

अन्य एकजना कर्मचारी रुखमा झुण्डिएर बाँच्न सफल भएको सूचना अधिकारी अर्यालले बताए ।

मृतक सरदार भादैं ६ गते मात्रै निकुञ्जको माउतेमा करार नियुक्त भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!