गुल्मीमा शैक्षिक तथा धार्मिक महोत्सव हुने

Posted on: 04 Sep, 2018

प्रेम सुनार |  भदौ १९, बुटवल | शैक्षिक सुधारका लागि गुल्मीको एक विद्यालयले यहि भदौ ३० गतेबाट सप्ताह ब्यापी शैक्षिक तथा धार्मिक महोत्सव गर्ने भएको छ ।  सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यामिक विद्यालयले गुल्मी रेसुङ्गा शैक्षिक तथा धार्मिक महोत्सव–२०७५ आयोजना गरेको हो ।

महोत्सव मुल आयोजक समितिकले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको थियो । कृषि ब्यबसायीक शिक्षा तथा सुविधा सम्पन्न स्मार्ट विद्यालय सञ्चालन र फरक क्षमता –(बैरा ) भएका विद्यार्थीहरुको कक्षा स्तरोन्नतीका लागि महोत्सवको आयोजना गरिएको मुल समारोह समितिका सदस्य सचिव प्रधानध्यापक राममणी पन्थीले जानकारी दिए ।

उनले भने–‘ सदरमुकाममा रहे पनि आर्थिक रुपले निकै पछाडी परेको विद्यालय हो यो । त्यसका बाबजुद पनि हामीले लामो समय देखि फरक क्षमता भएका विद्यार्थीहरुलाई कक्षा ५ सम्म पढाउँछौं र त्यो भन्दा माथील्लो कक्षा पढाउन पोखरा काठमाण्डौ सम्म पठाउनु पर्ने अवस्था छ ।


कमसेकम उनिहरुलाई कक्षा ८ सम्म यही अध्यान गराउन सकियोस् , ब्यबहारिक शिक्षाका लागि कृषि प्राविधिक उत्पादन गर्न सकियोस् र विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने यी तीन वटा मुख्य उद्देश्य लिएर महोत्सवका आयोजना गरिएको हो, हामीलाई बिश्वास छ जिल्लाभर र देश विदेशमा रहनु भएका सवै महानुवालले हाम्रो यस पवित्र कार्यलाई साथ दिनु हुने छ भन्ने कुरामा । ’

महोत्सव मुल समारोह समितिका संयोजक तथा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण सुनारले सवैले मेरो होईन , हाम्रो अभिभारा सम्झेर महोत्सवलाई सफल पार्न आग्रह गरे । उनले भने–‘ कसैले पनि उसको र मेरो नभनौं , हाम्रो महोत्सव हो र यसलाई सफल पार्ने दायित्व हामी सवैको हो भन्ने भावनाका साथ जिम्मेवारी सम्हालेर काम गर्यौं भने हामी सफल हुनेछौं ।

हामीलाई बिश्वास छ यस जिल्ला र छिमेकी जिल्लाका दानविरहरुले समेत हामीलाई साथ दिनु हुने छ । म यसै मञ्चबाट जिल्लाका सवै जनप्रतिनिधी, सरकारी कर्मचारी, संघ संस्था, पत्रकार र सर्वसाधरण सम्मलाई भदौ ३० गते देखि हुन गई रहेको महोत्सवमा आउनु हुन चुले निम्तो  दिन्छु ।

महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहन पाण्डेले प्रत्येकले सामाजिक सञ्चाल देखि हरेक माध्यबाट ब्यापक प्रचार प्रचार गरौं, यसमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुको ठुलो भुमिका हुन्छ , यसर्थ स्थानिय देखि राष्ट्रिय सञ्चार माध्यम सम्मलाई सहयोग गरी दिन हामी अपिल गर्दछौं ।

विद्यालय प्राङ्गणमा पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचत्वमा महोत्सव हुने भएको छ । १०८ सालिग्राम, भगवान दर्शन परिक्रममा गरिने छ । सामुहिक व्रतबन्ध, ग्रहशान्ति , चौराजी पुजा , तुलादान, गौदान, भुमिदान, लाख बत्ति प्रजलन असोज छ गते गरिने कार्यक्रम छ ।

पहिलो दिन भदौ–३० गते  भव्य पदयात्रा सहित महोत्सव उद्घाटन हुने छ । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको संयोजकत्वमा जनप्रतिनीहीहरुको सल्लाहकार समिति बनाईएको छ । भने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको संयोजकत्वमा सवै कार्यालय प्रमुखहरु समेट्ने गरी संरक्षक समिति बनाईएको छ । विभिन्न शहर र विदेशमा रहेका गुल्मेलीहरु समेट्न सम्पर्क ब्यक्तिहरु राखिएको प्रधानध्यापक पन्थीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!