साथी सहकारीद्धारा खोला सरसफाइ

Posted on: 06 Sep, 2018

भदौ २१, सन्धिखर्क  | अर्घाखाँचीको साथी सहकारीले आफ्नो छैठौ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरेको छ । 

सन्धिखर्कका युवाहरुले सञ्चालन गरेको साथी सहकारीले आज देखि तीन दिन सम्म विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन थालेको हो । सन्धिखर्कका बागीखोला, घोचेखोलार भद्री खोलामा सरसफाइ कार्यक्रम आज विहान सम्पन्न गरेको छ । 


कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान गरपालिकाका प्रमुख रेशम थापा, सन्धिखर्कका नगर उपप्रमुख ठाकुर कुमार विक, सन्धिखर्कका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, लक्ष्मीनारायण चुँदाली लगायतले मन्तब्य राख्दै साथी सहकारीले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । 

कार्यक्रम साथी सहकारीका अध्यक्ष धर्म भुसालको अध्यक्षता र कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो । सहकारीले भोलि सुस्थ मनस्थीति विद्यालयका वालवालिकालाइ शैक्षिक सामाग्री वितरण गर्ने र शनिबार तीज गित सहित दर खाने कार्यक्रम राखेको कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!