जाजरकोटको बोरकोटमा खाद्यान्न अभाव

Posted on: 07 Sep, 2018

भदौ २२, जाजरकोट । बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिनुभयो ।

“रित्तो हात फर्कनु परेको छ,” उहाँले भन्नुभयो । बारेकोट क्षत्रमा अहिले ढुवानी ठप्प छ । बजारमा समेत चामल अभाव छ । पुल निर्माण नभएसम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बजारमा अन्य दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ । सडक सञ्जालले नजोडिएको बारेकोट क्षेत्रमा उब्जनी कम हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!