बझाङको उद्योग वाणिज्य संघद्वारा बिरोध प्रदर्शन

Posted on: 10 Sep, 2018

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | आज बझाङ वाणिज्य संघले सदरमुकाम चैनपुरमा बिरोध र्याली निकालेको छ ।

जिल्लाको सदरमुकाम चेनपुरमा जिल्ला समन्वय समितीले जिल्लामा पुर्ण रुपमा मदिरा निषेधित क्षेत्र घोषण गरेको भन्दै सदरमुकाम चैनपुर बजार बन्द गर्दै बिरोध र्याली प्रदर्शन गरेको हो ।

बिज्ञप्तीमा भनिएको छ निजि क्षेत्र र सरकारको साझेदारीमा सञ्चालन भएको अवस्थालाई मध्यनजर गदै यस बझाङ जिल्लाको  दोस्रो सभाले निजी क्षेत्र तथा  सरोकारवालाहरुसँग समन्वय नै नगरी मदिरा निषेधित क्षेत्र घोषणा गरेको प्रति घोर दुख व्यक्त गदै साथै स्थानिय सरकारले ब्यापारी समस्या बुझ्न माग गरेको छ ।

यस्ता गलत निर्णय खारेज गरी बझाङ बिकास निमार्णमा निजी क्षेत्रसँग हातेमालो गरेर बझाङको दिगो बिकासका लागी स्थानिय सरकार सम्पुर्ण राजनितिक दल, नागरीक समाज जिल्ला प्रसाशन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

साथै यस्ता गलत निर्णय खारेज नगरेमा आगामी दिनहरुमा बिभिन्न चरणका आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!