नापी कार्यालयका कर्मचारी घुष लिंदा-लिंदै पक्राउ (भिडियो सहित)

Posted on: 17 Sep, 2018

असोज १, काठमाडौँ । भ्रस्टाचार विरुद्ध राष्ट्रिय अभियानसंगको सहकार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार घुष सहित नापी कार्यालय बुढानिलकण्ठ का एक कर्मचारीलाई पक्राउ गरेको छ ।

अखियारको टोलीले नापी कार्यालयबाट बुढानिलकन्ठ ३ मा हालसाविक सर्वे आएका कर्मचारी सुरेन्द्र सिङ कुवरलाई २५ हजार घुष सहित पक्राउ गरेको हो । कुवरले बुढानिलकन्ठ ३ का सेवाग्राँही गोकर्ण प्रसाद घिमिरेसंग ०.३२ स्क्वायर फिट जग्गा हालसाविक मिलाइदिने भन्दै २५ हजार घुष मागेका थिए । 

सेवाग्राहिले आफूसंग घुष मागेको भन्दै भ्रस्टाचार विरुद्ध राष्ट्रिय अभियानलाई जानकारी गराएपछि अख्तियारको टोलीले बुढानिलकन्ठ-५ को कफि टकमा सेवाग्राहीसंग घुष रकम लिंदै गर्दा कुवरलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्ने कर्मचारी दार्चुलाको दुहु गाउपालिका ४ स्थाई घर भएका ४० बर्षीय सुरेन्द्र सिङ कुवर हुन् । उनि नापी सर्वेक्षक हुन् । 

भिडियो हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!