३६ बर्षपछि दुर्गाकुमारीको भयो विद्यालयबाट विदाइ

Posted on: 26 Sep, 2018

शिला पाण्डे (फलेवास) पर्वत । फलेवास नगरपालिका ११ पाङराङमा रहेको सिद्ध माध्यमिक विद्यालय मा ३६ बर्षसम्म अध्यापनमा रहेकी एक शिक्षिकाको विद्यालयले एक कार्यक्रमको विच विदाइ गरेको छ ।

बुधबार विद्यालयले विदाई कार्यक्रमको आयोजना गरी उनको विदाइ गरेको हो । लामो समयसम्म विद्यालयमा रही आधारभूत तहमा अध्यापन गराएकी दुर्गा कुमारी कुँवरको विद्यालयले विदाइ गरेको हो ।

पाङराङका वडा अध्यक्ष जीतबहादुर सुनारको आथित्यतामा भएको कार्यक्रमका वडा अध्यक्ष सुनारले कुँवरले विद्यालयमा गरेको योगदानको प्रशंसा गरेका थिए । लामो समयसम्म विद्यालयमा रही आफ्नो पेशामा निस्ठावान रही सेवा गरेको भन्दै उनले अन्य शिक्षक शिक्षिकाहरुलाइ पनि आफ्नो पेशा प्रति निष्ठावान, इमान्दारा रही काम गर्न आग्रह गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन चुडामणी आचार्यले गरेका थिए । कार्यक्रममा कृष्ण प्रसाद पाठक, बाबुराम भुषाल, कक्षा १० की सञ्जु नेपाली, प्रिति कुँवरले आफ्नो विदाइ मन्तव्य राखेका थिए भने   प्रधानध्यापक रुद्र बहादुर जिशी ले जानकारी गराएका थिए । 

विदाइ भएकी शिक्षिका कुँवरलाइ विद्यालयले दोसल्ला ओडाएर सम्मान गरेको थियो । विद्यार्थीहरुले गीत मार्फत विदाइ गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!