४ जना श्रीमती भित्र्याएका हजुरबुवाद्वारा आफ्नै नातिनी बलात्कृत

Posted on: 27 Sep, 2018

असोज ११, काठमाडौं । बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई ३ वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । कोहलपुर नगरपालिका ५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे (नाम परिवर्तन) ले १६ वर्षीया नातिनी उषा घिमिरे (नाम परिर्वन) लाई बलात्कार गरेको खुलासा भएको हो । उषा स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् । 

हजुरबुवाले ०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको र केही कुरा पुष्टि पनि भैसकेको प्रहरीले जनाएको छ ।

घरजग्गा कारोबारी रहेका घिमिरेको करोडौं बराबरको सम्पत्ति छ भने उनले ४ जनासँग विवाहसमेत गरेका छन् । 

घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता (वकिल) राखेका छन् । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!