भीमदत्त नगरपालिकाद्वारा सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग

Posted on: 27 Sep, 2018

असोज ११, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले निर्मला पन्तलाई हत्यारालाई कारवाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहिद खुनाका परिवारलाई तीन नगद सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । 

नगर प्रमुख विष्टको घोषणा अनुसार बिहीबार खुनाका परिवारलाई तीन लाखको चेक हस्तान्तरण गरिएको छ ।

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर प्रशासन कार्यालय अगाडि १४ वर्षिय खुनाको निधन भएको थियो । 

भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले खुनाका बुवा विरु खुना र आमा मन्जु राजी खुनालाई तीन लाखको चेक प्रदान गरे । कार्यक्रममा खुनाका आमाले आँखाबकाट आँशु खसालेकी थिइन् ।

कार्यक्रममा खुनाका बुवा विरुले छोटो मन्तव्य राखेका थिए । भीमदत्त नगरपालिका वडा नं. १८ का वासिन्दा खुना नगरपालिकाका कर्मचारी हुन् ।

कार्यक्रममा नगर प्रमुख विष्टले खुनाको निधनपछि उनका भाई बहिनीको पठनपाठन सहित परिवारलाई सहयोग पुग्ने गरी सहयोग गरिएको बताए ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या भयोृ, यो निकै दुःखद घट्ना छ, त्योसंगै सन्निले निर्मलालाई न्याय माग्ने क्रममा ज्यान गुमाए’ उनले भने,‘त्यहीं बेला पनि श्रद्धाञ्जली र समवेदना दियौ, अन्तिम संस्कारमा सहभागी भयौ, भाई बहिनीको पढाई पठनपाठन र घर खर्च चलाउन सहज होस भनेर सहयोग गरेका छौ ।’

नगर प्रमुख विष्ट सन्निको निधनपछि परिवारसित निरन्तर सम्पर्क रहेर अन्तिम संस्कारमा सहभागी भएका थिए । महाकाली नदीको ब्रह्मदेबघाटमा खुनाको राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख विष्टले सन्निलाई सहिद घोषणा गरी नगद सहयोग गरेकोमा संघ र प्रदेश सरकारलाई धन्यवाद दिए । 

खुनालाई सहिद घोषणा गरी केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख भीमदत्त नगरपालिकाले ३ लाख सहयोग दिने घोषणा गरेको थियो ।

नगर प्रमुख विष्टले खुनाका परिवारलाई रोजगारीका लागि प्रदेश सरकारसित पहल गर्ने प्रतिवद्धता जनाए । 


निर्मला पन्तका दिदी र बहिनीको शिक्षाका लागि नगरपालिकाबाट सहयोग रकम घोषणा गरिएको उल्लेख गर्दै उनले पन्तको स्मृतिमा विद्यालयमा उद्यान निर्माण  र पन्तको शव भेटिएको स्थानमा प्रहरी चौकी निर्माणका लागि सहयोग गरिने नगर प्रमुख विष्टले जनाए ।

गत साउन ११ गते पन्तको शव भेटिएपछि स्थानीयले सालघारीमा शान्ति सुरक्षाका लागि प्रहरी चौकीको माग गरेका थिए ।

नगर प्रमुख विष्टले निर्मलाको हत्या गरिएको लामो समयसम्म हत्यारा पहिचान भएर कारवाही हुन नसकेकोमा दुःख व्यक्त गर्दै दोषीहरुलाई कानुनी दायरामा ल्याउन भीमदत्त नगरपालिका कार्यालय र जनप्रतिनिधिहरुले सधैं दबाव दिने बताए ।

निर्मलाका परिवारले कार्यालयमा सम्पर्क राख्ने वित्तिक्कै नगरपालिकाबाट घोषणा गरिएको सहयोग रकम प्रदान गरिने प्रमुख विष्टले बताए ।

‘निर्मलाका परिवारले जुनसुकै बेला आउनु हुन्छ, त्यहीं बेला कार्यालयबाट चेक हस्तान्तरण गर्छौ’ उनले भने ।

नगर प्रमुख विष्टले गत महिनाका निर्मला बुवा यज्ञराजलाई सहयोग रकमका लागि कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका थिए ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकबाट सहिद खुना र निर्मलाका प।िवारलाई सहयोग गर्ने निर्णय गरिएको थियो ।

भीमदत्त नगरपालिकामा पछिल्लो पटक एक पछि अर्को अपराधका घट्ना देखिएकाले त्यस विरुद्ध नगरपालिकाले सुरक्षा निकायसित समन्वय गरी न्यूनीकरण गर्ने जनाए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले आन्दोलनमा सन्निले ज्यान गुमाएपछि परिवारलाई राहतका लागि सहयोग गरिएको बताए ।

त्यस विरुद्ध नगरपालिकाले सुरक्षा निकायसित समन्वय गरी न्यूनीकरण गर्ने जनाए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले आन्दोलनमा सन्निले ज्यान गुमाएपछि परिवारलाई राहतका लागि सहयोग गरिएको बताए ।

‘कार्यपालिका बैठकको निर्णय अनुसार यो सहयोग गरेका छौ,’ कार्यक्रममा उनले भने,‘सन्निको त निधन भयो, अब उनका भाई बहिनीको रेखदेख शिक्षा दिक्षाका लागि सहयोग गरिएको छ ।’

निर्मला हत्यापछि नगरपालिका कार्यालय दुबैतिरबाट दुःखमा परेको बताए ।

निर्मला हत्यापछि नगरपालिका कार्यालय दुबैतिरबाट दुःखमा परेको बताए ।

‘एकातिर नगरपालिका वडा नं २ की बालिका पन्तको बलात्कारपछि हत्या भयो, यो दुःखद घट्ना छँदै थियो’ उनले भने,‘उनलाई न्यायका लागि भएको आन्दोलनमा हाम्रै कार्यालयमा कर्मचारीका छोराले ज्यान गुमाए, हामी दुबैतिरबाट मार्का भयो ।’

भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामी सहित शाखा प्रमुख, खुनाका आफन्त र पत्रकारहरु कार्यक्रममा सहभागी भएका छन् ।

भीनपा कार्यालयका इन्जिनिययर गोरख बहादुर सिहले कार्यक्रम सञ्चालन गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!