कर्मचारीतन्त्र र अदालतमा दलाल पुँजीवाद छ: गृहमन्त्री थापा

Posted on: 29 Sep, 2018

प्रेम सुनार | असोज १३, बुटवल | एक कार्यक्रमलाई सम्वोधन गर्न बुटवल आई पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले यो देशको ब्युरोक्रेसी, अदाल र राजनैतिक दल समेतमा दलाल पुँजीवाद् विद्यामान रहेको बताएका छन । गृहमन्त्रालयको आयोजनामा –‘ लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्युनिकरण’ बिषयक कार्यक्रमलाई बुटवलमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘ब्युरोक्रेस , अदालत र राजनैतिक दल समेत दलाल पुँजीवाद हुन्, उनिहरु जनताको सत्र हुन उनिहरुलाई जनता र सरकार मिलेर तह नलगाए सम्म समृद्धिको सपना पुरा हुन सक्दैन उनले भने –‘ निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनालाई राजनीतिकरण गरेर त्यस्ता तत्वहरु अहिले सरकार विरुद्ध खनिएका छन ।’

एक बर्षमा लागु औषध सेवन ९० प्रतिशत कम गर्ने गरी र मदिरा सेवन ५० प्रतिशत कम  गर्ने लक्ष्य सहित  गृहमन्त्रालये काम अगाडी सारेको मन्त्री थापाले बताए । बलात्कार, हत्या-हिंशा लागु औषध र मदिरा सेवनबाटै हुने गरेको तर्क राख्दै उनले  स्थानिय स्तरमा सर्वसाधरण देखि राजनैतिक दल, जनप्रतिनिधी संघ संस्थाले त्यस्ता पदार्थहरुको  न्युनिरणका निम्ति उत्तरदायित्व वहन गर्न पर्ने उनको आग्रह थियो  ।


कमसल सडक बनाएर दुर्घटना निम्ताउने ठेकेदार ,  राम्रो सगं डिजाईन/स्टुमेट नै नगरी  सडक र अन्य  भौतिक संरचना निर्माण गर्ने  ईन्जिनियर र भ्रष्ट कर्मचारी  पनि जनताका सत्रु भएको उनको ठम्याँई छ । उनले ७ सय ७३ वटै  स्थानिय तहका वडा स्तरबाटै मदिरा र लागु औषध नियन्त्रणको अभियान चलाउन लागिएको जानकारी दिए ।

उनले बलात्कारीलाई फाँसी दिनु पर्ने कि त नपुसंक बनाउनु पर्ने सुझाव आएकोले ऐन संशोधन गरिने तर्फ सरकारको ध्यान गएको बताए ।  उनले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तबा बारेमा सरकारसंग निहु खोज्न आन्दोलन गरिएको आरोप लगाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!