रुकुममा छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु

Posted on: 08 Oct, 2018

असोज २२, रुकुम | रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। 

जिल्लाको मुसिकोट नगरपालिका–९ घोरखानीमा आफ्नै गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान घाँस खुवाउँदै गर्दा घरमा बाँधेको गोरुले हान्दा स्थानीय ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। गोरुले टाउकोमा हान्दा एक्कासी मृत्यु भएको उनले बताए।

यस्तै सानीभेरी गाउँपालिकामा भेरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–२ का ३५ वर्षीय सशिधर कुँवर रहेको प्रहरीले बताएको छ । आइतबार साँझ भेरीमा पौडी खेल्दै गर्दा डुबेका उपचारको क्रममा मृत्यु भएको हो।

भेरीले बगाउँदै गर्दा स्थानीय कुँवरको उद्धार गरेका थिए। बेहोस अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपाचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ। दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!