नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on: 08 Oct, 2018

असोज २२, नुवाकोट | नुवाकोटको दक्षिणी भेगमा रहेको खाल्टेमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका- १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुंगाना रहेको प्रहरीले जनाएको छ |

पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ आउँदै गरेको ना३ख ४७६८ नं. को फलामको बक्सा ल्याउँदै गरेको ट्रकमा बिजुलीको तारले छोएपछि तार पन्छाउने क्रममा ढुंगानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए | बेलकोटगढी नगरपालिका-७ स्थित गल्छि-देवीघाट सडक खण्डस्थित खाल्टेमा करेन्ट लागेर ढुंगानाको मृत्यु भएको हो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!