ढुङ्गाले हानेर वृद्धको हत्या

Posted on: 19 Oct, 2018

कात्तिक २, काभ्रेपलाञ्चोक (रासस) | काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध आज बिहान मृतावस्थामा भेटिएका छन् । 

७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए । 

“ढुङ्गाले हानेर मारेको देखिएको छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।” लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!